मधेशसमाचार

सिचाई गर्न लगिएको बिधुत तारको करेन्टबाट एक जना मृत्यु, तार लग्ने माथि प्रहरीमा जाहेरी 

सिचाई गर्न लगिएको बिधुत तारको करेन्टबाट एक जना मृत्यु, तार लग्ने माथि प्रहरीमा जाहेरी

 

शु.आ. सम्बाददाता

कलैया, २९ साउन

कलैया, २८ साउन खेतमा सिंचाई गर्न लागिएको बिधुत तारको करेन्टबाट बारामा बुधबार एक जनाको मृत्यु भएको छ। भने तार लग्ने माथि कार्वाही गर्न जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी परेको छ।

 

मृत्यु हुनेमा पचरौता नगरपालिका वडा नं ७ बस्ने बेनौली बस्ने अन्दाजी ५२ बर्षीय गुलाब राय यादव रहेका छन्। सोहि टोल बस्ने सँजय पटेल र जिमदार मुखिया बिनके बुधबार बिहान आफ्नो खेतमा पानी लगाउन यादवको खेत भई पानी तान्नको लागि जोडिएको बिधुतिय तारबाट करेन्ट प्रवाह भई यादवको मृत्यु भएको उनको छोरा राजेश प्रसाद यादवले आरोप लगाएका छन्।

 

यादवको अनुसार बुवालाई करेन्ट लागेको जानकारी पाउनासथा आफु हो हल्ला गर्दै स्थानीय जनप्रतिनिधि , गाउँको मानिसहरु लगायत प्रहरी समेतलाई जानकारी गराई एम्बुलेन्समा कवहीगोठ तिर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको छ। मृत्यु भएपछि आफ्नो निज निवास बेनौलिमा लगि प्रहरीको अनुसन्धान पश्चात शवलाई कलैया स्थित प्रादेशिक अस्पातालमा राखिएको छ।

 

अस्पाताल प्रशासनमा बुझ्दा करेन्टबाट मृत्यु भएकोले शवको पोष्टमार्टम गरी जातिय रितिरिवाज अनुसार दाहसंस्कार गर्न र दोषी माथि कार्वाही गर्न छोरा यादवले जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिएको समेत बताएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button