मधेशसमाचार

हिसाब मिलान नभएपछि बाराको १६ वटै पालिकाको खाता सँचालनमा अन्योलता 

हिसाब मिलान नभएपछि बाराको १६ वटै पालिकाको खाता सँचालनमा अन्योलता

 

शु.आ. सम्बाददाता

 

कलैया , २९ साउन

 

नेपाल सरकारको मातहतमा रहेको सम्पुर्ण कार्यालयहरुको आर्थिक कारोबार गर्ने बैंक खाता बिगत आर्थिक वर्षको अन्तिम अर्थात् आषाढ २५ देखि राती १२ बजेदेखि बन्द भएको छ। आर्थिक वर्ष समाप्त भएपछि सम्पुर्ण हिसाब मिलान गरी नयाँ आर्थिक बर्षको पुनः खाता सँचालन गर्नुपर्ने हुन्छ। तर बाराको १६ वटै पालिकाले आफ्नो हिसाव मिलान नगरेकोले चालु आर्थिक बर्ष २०८२/०८३ को खाता संचालन हुन सकेको छैन।

 

नेपाल सरकार मातहतमा रहेका सम्पुर्ण कार्यालयहरुले

सरकारबाट पाएको अनुदानको खर्च विवरण पेश गर्न नसकेकाले खाता सञ्चालनमा हुन सकेको छैन।

 

कोष तथा लेखा नियन्त्रक कार्यालय बाराका कार्यालय प्रमुख राधेश्याम गिरीले पालिकाहरुले खर्च विवरण पेश नगरेकाले खाता सञ्चालनमा आउन नसकेको बताएका छन् । उनले नगर/गाउँ सभा सम्पन्न गरेको प्रमाणित प्रतिवेदन, खर्चको विवरण र बक्यौता रकम दाखिला गरेको प्रमाणसहित पेश गरेको खण्डमा कोलेनिकाबाट मन्त्रालयमा पत्राचार गरेर त्यहाँबाट खाता सञ्चालनको अनुमति पाउने व्यवस्था रहेको बताएका छन् ।

 

हिसाब मिलान गरी साउन मसान्त भित्र नै खाता सँचालन गर्न माग गर्नुपर्ने साउनको २८ गते हुदाँ सम्म पनि कुनै पनि पालिकाले खाता सँचालन गर्न निवेदन नदिएको गिरीले बताएका छन्। खाता सँचालन गर्न माग नगर्नुमा मुख्य कारण हिसाब मिलान रहेको छ।भने अन्य पालिकाका कर्मचारीहरु भ्रमणमा रहेको पनि बुझिएको छ।

 

नेपाल सरकारले पठाउने अनुदान रकम भदौको अन्तिम अथवा असोजको पहिलो सातामा पठाउने हुँदा पालिकाहरूले हतार नगरेका पनि हुन सक्छन् । यस अघिका वर्षहरूमा पनि पालिकाहरूले सोही अवधिमा खाता सञ्चालनका लागि कार्य गरेको गिरीले बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button