मधेशसमाचार

प्रशासकीय……..

शुभ आरम्भको चौथो वर्ष : प्रमाणमा आधारित पत्रकारिता र सामाजिक न्यायको यात्रा
प्रमाणमा आधारित पत्रकारिता र सामाजिक न्याय प्रति समर्पित शुभ आरम्भ राष्ट्रिय दैनिक आज चौथो वर्ष पूरा गरी पाँचौं वर्षमा प्रवेश गरेको छ। ‘व्यक्ति होइन, प्रमाण प्रमुख हो’ भन्ने मूल मान्यतालाई अँगाल्दै शुभ आरम्भ क्रियाशील छ र रहनेछ।
शक्तिको आडमा उन्मुक्ति पाउँदै आएकाहरूलाई कानूनको दायरामा ल्याउन शुभ आरम्भले सफल दबाब सिर्जना गरेको अनुभव गरेका छौँ। स्थापनाकालदेखि नै घटनापरक समाचारभन्दा अनुसन्धानमूलक सामग्रीलाई प्राथमिकता दिने नीति अवलम्बन गर्दै आएका छौँ। यसमा पाठकबाट आएको सकारात्मक प्रतिक्रियाबाट हामी उत्साहित छौँ।
आम सञ्चारमाध्यम आवाजविहीनहरूको आवाज भनिए पनि यहाँ जसको चर्को आवाज छ उसैको मात्र सुन्ने प्रवृत्ति बढिरहेको छ। यो अवस्थालाई चिर्न हामीले पिडितको आवाज सहित खोजमुलक पत्रकारितालाई प्राथमिकता दिइरहेका छौँ।
अनियमितता र भ्रष्टाचारमाथि हाम्रो तीक्ष्ण नजर चौथो वर्षमा पनि कायमै रह्यो। जसको फलस्वरूप जिल्ला अदालतमा बिधुतिय अपराध सम्बन्धी मुद्दा देखि केहि ब्यक्तीहरुको टिकाटिप्पणी समेत रहेको बुझिएको छ। मुद्दा र टिकाटिप्पणीबाट हामी अड्किने छैनौं । जनताको पक्षमा र अनियमिता र भ्रष्टाचार बिरुद्धको लडाई सँगै राज्य शक्तिलाई झक झकाउदै जनताको हितमा अगाडि बढ्ने प्रतिवद्धता सहित रचनात्मक लेख रचना निबन्ध कविता समेतलाई प्राथमिकता साथ नियमितरूपमा नै प्रकाशन हुने जानकारी गराउन चाहन्छौं।
अन्त्यमा, संकटपूर्ण आर्थिक अवस्थामा पनि हाम्रो खोजपूर्ण यात्रालाई साथ दिने सबै विज्ञापनदाता, बाटो बिराउलान् कि भनेर झक्झकाइ रहने सचेत पाठक र कतै निरास होलान् कि भनेर प्रोत्साहित गरिरहने शुभचिन्तक प्रति हृदयदेखि नै आभार व्यक्त गर्दछौँ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button