शुभ आरम्भ राष्ट्रिय दैनिकको ५ औ वार्षिकोत्सव कार्यक्रम सम्पन्न 

64

शुभ आरम्भ राष्ट्रिय दैनिकको ५ औ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

 

शु.आ. सम्बाददाता

 

कलैया , २९ साउन

 

शुभ आरम्भ राष्ट्रिय दैनिक पत्रिकाले आफ्नो ५ औ वार्षिकोत्सव कार्यक्रम बिहिबार सम्पन्न गरेको छ। पत्रकार महासंघ बारा शाखाको सभाहलमा शुभकामना आदानप्रदान कार्यक्रम गरी बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ।

 

बार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि संबिधान सभा सदस्य प्रमोद गुप्ताले प्रमुख अतिथि गुप्ताले पत्रकारितालाई लोकतन्त्रको चौथो अंगको संज्ञा दिँदै, “पत्रकारिता समाजको ऐना रहेको बताएका छन्। निष्पक्ष पत्रकारिताले मात्रै सरकारलाई जवाफदेही बनाउन र नागरिकलाई सचेत गराउन सक्छ। हाल एआई को प्रबिधि रहेकोले जनताको भरोषा प्रिन्ट मेडिया नै रहेको बताउदै समाजिक सञ्जाल के प्रिन्ट मेडिया ओझेलमा परेको बताएका छन्। साथै उहाँले राष्ट्रिय दैनिक पत्रिकाको पाँच वर्षको सफल यात्राको प्रशंसा गर्दै आगामी दिनहरूमा अझ बढी सफलता मिलोस् भन्दै शुभकामना दिएका छन्।

 

त्यसैगरी, विशिष्ट अतिथि तथा कलैया उपमहानगरपालिका नगरप्रमुख बिनोद साह पत्रकारिताको स्वतन्त्रता र विकासका लागि आफ्नो सदैव सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्। सरकारको चौथो अँग रहेका पत्रकार एकजुट भए पहिलो शक्ति हुने बताउदै नगरप्रमुखले सबै पत्रकारहरु एकजुट भई स्वच्छ, निष्पक्ष र ईमान्दारिता पुर्वक पत्रकारिता गर्न आग्रह गरेका छन्। साथै उहाँले पत्रकार महासंघको कार्यालयसम्म पुग्ने बाटोको अवस्था राम्रो नभएकोबारे ध्यानाकर्षण गर्दै यही आर्थिक वर्षभित्र बाटो निर्माण गरिदिने घोषणा गरेका छन्। “पत्रकारिताको विकासमा स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका रहने बताएका छन्।

 

कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवानले सँचारमाध्यमलाई हुने समस्याहरु दर्शाउँदै जनकपुरमा वकिलहरुले पत्रकारहरुमाथि गरेको दमनको विरोध गर्दै दोषीहरुलाई कारवाही गर्न माग गरेका छन्।

 

त्यस्तै मधेश प्रदेश सदस्य साजिर मन्सुरले स्थानिय तहले आ आफ्नो मेडिया ऐन बनाई कार्यान्वयन गर्न जोड दिदै शुभ आरम्भ राष्ट्रिय दैनिकको प्रगतिको कामना गरेका छन्

 

त्यस्तै नेपाल पत्रकार महासंघ, बाराका अध्यक्ष रमेश सुवेदीले पत्रकारितालाई दिगो बनाउनका लागि समानुपातिक विज्ञापन वितरणको आवश्यकता रहेको औंल्याएका छन् । उहाँले बाराका सबै पालिका र नगरपालिकालाई सबै दैनिक पत्रिका, एफएम र अनलाइन सञ्चार माध्यमहरूलाई समानुपातिक रूपमा विज्ञापन उपलब्ध गराउन अनुरोध गरेका छन्।

 

शुभ आरम्भ राष्ट्रिय दैनिकको प्रकाशक अनिल पाण्डेय अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पत्रकार महासंघ मधेश प्रदेश कोषाध्यक्ष अनिल गौरव, नागरिक समाजका अध्यक्ष उमेशलाल दास लगायतले पत्रिकालाई शुभकामना दिएका छन्। भने कार्यक्रमको सँचालन उपेन्द्र पासवानले गरेका थिए । उक्त कार्यक्रममा विभिन्न सञ्चारकर्मी, नागरिक समाजका अगुवा, राजनीतिकर्मी र स्थानीय प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.