मधेशसमाचार

अलौ नाकाबाट फस्टायो तस्करी, प्रहरी नियन्त्रण गर्नु भन्दापनी स्कटिङ्ग गर्न ब्यस्त

अलौ नाकाबाट फस्टायो तस्करी, प्रहरी नियन्त्रण गर्नु भन्दापनी स्कटिङ्ग गर्न ब्यस्त

 

यु.के. दुबेदी

 

बिरगंज, ३१ साउन

 

पर्सा जिल्लाको सीमावर्ती क्षेत्र अलौ नाका हुँदै तस्करी कार्य फस्टाउदै गएपनि शान्ती सुरक्षाका साथै सीमा नाकामा खटिएका प्रहरीहरू नियन्त्रण गर्नुको साट्टो स्कटिङ्ग गर्नमा ब्यस्त रहेको देखा पर्न थालेका छन । स्थानीयदेखि प्रदेश प्रहरी प्रमुखको समेत नामबाट रकम असुली हुन थालेपछी दिन प्रती दिन तस्करी कार्य फस्टाउनसाथ प्रहरीहरू स्कटिङ्गको काममा जुटन थालेका हुन ।

 

अलौ नाका तस्करीको कार्यमा बदनाम नाकाको रूपमा मानिन्छ । जोकोही प्रहरी माथिल्लो निकायलाइ नजरानाको रूपमा भेटी चढाएरै भएपनी अलौ नाकामा पुग्ने परम्परा कायमै रहेको बुझिन्छ । उक्त नाकाबाट दिनहु सयौ तस्करीमा सन्लग्न भएका ब्यक्तिहरू तस्करी गर्न सकृय छन, कारण हो प्रहरीको सहयोग ।

 

अलौ नाकाबाट दिनहु कपडा, हार्डवेयर, भैसी, मोबाइल पार्टस, मरिच लगायत खदान्य समाग्रीको तस्करी हुने गरेको जोकोहिले पनि सजिले देख्न सक्छन । तर मासिक रूपमै नजराना बुझने प्रहरीहरूलाइ दिन दहाडै तस्करी भएको कार्य आखाले देख्न पनि छोडेको एक स्थानीय बताउछन । उनका अनुसार प्रहरीलाई मात्र मासिक रूपमा नजराना सङ्ग मतलब हुन्छ, सीमा नाकामा खटेर मात्र सर्वसाधारणलाई दुख दिने र तस्करहरू सङ्ग मासिक रूपमा लाखौ आर्जन गर्ने गढको रूपमा अलौ नाकालाइ बनाएको आरोप, लगाए ।

 

यता दिनभरी प्रहरीले काम गर्ने गरे जस्तो बताउन खोजेपनी साझको ७ बजे पश्चात् तस्करीको काम सुरू हुने गरेको एक अर्का स्थानीय बताउछन । रातिको समयमा तस्करहरूको लस्करै लाग्ने गरेको उनले बताए । ठुला बडा देखि साना कारोबारीसम्म ७० जना भन्दा बढी भएपनी ठुला बडा तस्करहरू मात्र एक दर्जनको हराहरी मा रहेको बताए । अनिल, बैझनाथ, मनोज लगायत दर्जनौ ठुला तस्करहरू तस्करी गर्न सकृय रहेको उनले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button