भारतकाे मुम्बईमा भएको सडक दुर्घटनामा परेर एक नेपाली नागरिकाे मृत्यु
सिकिन्द्र साह
बारा , ०१ भाद्र
भारतकाे मुम्बईमा भएको सडक दुर्घटनामा परेर एक नेपाली नागरिकाे मृत्युको भएको छ। मृतक बारा जिल्ला आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ४ टाेल काेईलिडिह निवासि ३० बर्षिय राधे श्याम पटेल रहेका छन।
पटेल बिगत आठ महिना पहिला राेजगारीकाे शिलसिलामा भारतको महाराष्ट्र मुम्बईमा काम गर्न पुगेका थिए। बेग कम्पनीबाट काम गरेर राति घर डेरा फर्केनै क्रममा राेड पार गरिरहेकाे अवस्थामा सानाे कारकाे ठक्करबाट घाइते भएका पटेलको अस्पतालमा उपचार गराउने क्रममा मृत्युु भएको जानकारी मनाेज यादवले दिएका छन्।
मृतककाे बुवा महिन्द्र राउत कुर्मीले पारिवारिक आर्थिक स्थिती कमजाेर भएको कारणले गर्दा छोरा भारत तिर काम गर्ने गएकाे थिए। तर एकासि मृत्युको खबर सुन्दा आफू मर्ने अवस्थामा पुगेकाे बताएका छन्। छोरा पनि स-साना छोराछोरी रहेको छन्। भने श्रीमति बेहाेस अवस्थामा पुगेको छिन् ।
पटेलको एउटा छाेरा र छोरी रहेका छन्। मृतक पटेलको जेठाे भाइको अनुसार घरको सानो भए पनि तेजिलो अवस्थामा थियो। भाइ रहरले होईन बाध्यताले भारत काम गर्न गएकाा थिए । तर दुर्घटनामा मृत्यु भएको खबरले पुरै सिँगो गाउँ नै शोकमा डुवेको अवस्था छ। मृतक भाईको शव मुम्बईबाट प्लेनले राती ११ बजे पटना ल्याईदै छ। त्यसपछि एम्बुलेन्सबाट नेपाल ल्याई दाहसंस्कार गरीने समेत जानकारी दिएका छन्।