गौर हत्याकाण्ड प्रकरण : उपेन्द्र यादवमाथि अनुसन्धानको आदेशपछि कलैयामा दोस्रो दिन पनि प्रदर्शन

17

गौर हत्याकाण्ड प्रकरण : उपेन्द्र यादवमाथि अनुसन्धानको आदेशपछि कलैयामा दोस्रो दिन पनि प्रदर्शन

 

शु.आ. सम्बाददाता

 

कलैया , ०४ भाद्र

 

सर्वोच्च अदालतले गौर हत्याकाण्डमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि पनि अनुसन्धान गर्न आदेश दिएको निर्णय सार्वजनिक भएपछि बाराको सदरमुकाम कलैयामा दोस्रो दिन मँगलबार पनि टायर बालेर नाराबाजी सहित विरोध प्रदर्शन भएको छ।

 

जसपा नेपाल बाराको अध्यक्ष एवम् पचरौता नगरपालिकाले निबर्तमान नगरप्रमुख रमेश कुमार यादव नेतृत्वमा जसपाका कार्यकर्ताहरुले दोस्रो दिन मँगलबार बेलुका कलैयाको भरत चौकमा टायर बालेर प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले सर्वोच्चको आदेशको विरोध गर्दै चर्को नारा समेत लगाएका थिए।

 

प्रहरीले बालिएको टायरको आगो निभाउन खोज्दा प्रदर्शनकारी र प्रहरी बिच झडपको स्थिति सिर्जना भएपनि शान्तिपुर्ण तरिकाले आन्दोलन सफल भएको छ। आन्दोलनको कोणसभामा बारा क्षेत्र नम्बर ३ को निबर्तमान प्रतिनिधि सभा सदस्य रामबाबु यादव लगायतका नेतागणले सम्बोधन गरेका छन्। भने आन्दोलनलाई समापन गर्दै अध्यक्ष यादवले भुमि अध्यादेश जसपा पार्टीलाई स्विकार नभएकोले षड्यन्त्र पुर्व फसाउन खोजिएको आरोप लगाएका छन्। सर्वोच्चले आफ्नो फैसलाको पुर्नविचार नगरेमा मधेसी जनता मधेश आन्दोलन जस्तो आन्दोलन उत्रिने चेतावनी दिएका छन।

Leave A Reply

Your email address will not be published.