मधेशसमाचार

आईजीपि नाममा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाको प्रमुख सिलवाल दैनिक दुई लाख ८० उठाउदै 

आईजीपि नाममा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाको प्रमुख सिलवाल दैनिक दुई लाख ८० उठाउदै
शु.आ. सम्बाददाता
कलैया, ०५ भाद्र
नेपाल प्रहरी मातहतमा रहेको ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाको प्रमुख राजकुमार सिलवालले आईजिपीको नाममा मधेस प्रदेश सम्पुर्ण जिल्लाबाट दैनिक दुई लाख ८० हजार उठाउने गरेको रहस्य बाहिर आएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराको प्रमुखमा प्रहरी उपरीक्षक राजकुमार सिलवाल हाजिर भई देखि नै मधेश प्रदेशलाई लुट्ने काममा तल्लीन रहेका छन्। जसको फलस्वरूप प्रहरी उपरीक्षक सिलवालले आफ्नो घुमुवा प्रहरीको रुपमा प्रहरी सहायक हवल्दार रवि राईलाई परिचालन गरी मधेश प्रदेश सम्पुर्ण जिल्लाबाट रु दुई लाख ८० उठाउने गरेको प्रहरी श्रोतको दाबी रहेको छ।
प्रहरी उपरीक्षक सिलवालले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक ( आईजिपी ) दिपक थापाकोलाई समेत रकम पठाउनुपर्ने भन्दै प्रहरी सहायक हवल्दार राईलाई हरेक जिल्लाबाट दैनिक रकम उठाउन परिचालन गरेको प्रहरी श्रोतको दावी रहेको छ।
प्रहरी उपरीक्षक सिलवाल नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराको जिम्मेवारी सम्हाले देखि नै ट्राफिक प्रहरीको काम कर्तव्य भन्दा बाहिर गई आर्थिक लाभमा सिमित रहेको बिभिन्न सँचारगृहमा समाचार प्रकाशन हुँदा समेत प्रहरी सहायक हवल्दार राईलाई परिचालन गरी हरेक जिल्ला युनिटबाट दैनिक दुई लाख ८० आईजिपी थापाको समेत भाग रहेको भनि उठाउने गरेको दाबी रहेको छ।
यस बिषयमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराको प्रमुख एवम् प्रहरी उपरीक्षक राजकुमार सिलवालसँग प्रतिक्रिया लिँदा प्रहरी सहायक हवल्दार रवि राई डियुटी गर्ने तथा कुनै यस्तो कार्यमा सँगल्न नरहेको भन्दै दिउँसो २:३३ मा म खाना खादै गरेकोले पछि सम्पर्क गर्नु भन्दै पन्छिएका छन्। भने अर्को सँचारकर्मिले २:३५ मा प्रहरी उपरीक्षक सिलवाललाई फोन सम्पर्क गर्दा आफु मिटिङ्गमा भएको जानकारी दिएका छन्।
यसरी प्रहरी उपरीक्षक सिलवालले दुई मिनेटको अन्तरालमा दुई सँचारकर्मिलाई दिएको अभिब्यक्ति नै फरक फरक भएकोले उहाँको कार्यशैली माथि प्रश्न चिन्ह खडा भएको छ।
यस बिषयमा नेपाल प्रहरीको केन्द्रीय प्रबक्ता एबम् प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेसँग प्रतिक्रिया लिँदा कानुन बिपरित जो कोहि लाई कार्वाही हुने बताएका छन्। साथै तपाईले जानकारी दिए बमोजिम आफुहरुले अनुसन्धान गर्ने र कानुन बिपरित भए कार्वाही गर्ने प्रतिबद्धता जनाएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button