समाचार प्रकाशन भएपछि ट्राफिक घुमुवा राई प्रदेशमा तानिएपछि प्रह रोशन नाथ घुमुवा परिचालन
शु.आ. सम्बाददाता
कलैया , ०६ भाद्र
नेपाल प्रहरी मातहतमा रहेको ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाको प्रमुख राजकुमार सिलवालले आईजिपीको नाममा मधेस प्रदेशका सम्पुर्ण जिल्लाबाट दैनिक दुई लाख ८० हजार उठाउन प्रहरी सहायक हवल्दार रवि राई परिचालन गरेको बिषयमा बिहिबार यस दैनिकसँगै बिभिन्न मेडियामा समाचार प्रकाशन गरेको थियो।
समाचार प्रकाशन भएसँगै मधेश प्रहरी प्रमुख डिआइजी उमा प्रसाद चतुर्वेदीले प्रहरी सहायक हवल्दार राईलाई प्रदेश प्रहरी कार्यालय जनकपुरमा तानेका छन्। यस बिषयमा डिआइजी चतुर्वेदीसँग कुरा गर्दा राईलाई सोधपुछको लागि झिकाई अनुसन्धान भईरहेको छ।
डिआइजी चतुर्वेदीले प्रहरी सहायक हवल्दार राईलाई प्रदेश प्रहरी कार्यालयमा तानिएसँगै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराको प्रमुख एवम् प्रहरी उपरीक्षक राजकुमार सिलवाल पुनः बिहिबार नै प्रहरी हवल्दार रोशन नाथलाई घुमुवा परिचालन गरी आफ्नो दैनिक असुली कार्यलाई निरन्तरता नै दिएको श्रोतको दाबी रहेको छ।
श्रोतको अनुसार प्रहरी उपरीक्षक सिलवाल दैनिक दुई लाख ८० हजार उठाउन प्रहरी सहायक हवल्दार राईलाई परिचालन गरेका थिए। तर बिहिबार राईलाई प्रदेश प्रहरी कार्यालयमा झिकाएपछी उक्त रकम उठाउन प्रहरी हवल्दार रोशन नाथलाई परिचालन समेत गरीसकेका छन्।
त्यति मात्र नभई समाजिक सञ्जालमा प्रहरी उपरीक्षकले चोरीको स्कार्पियो प्र.०३-०१-०२२च ०९६८ नम्बरको गाडी ब्यक्तिगत रुपमा प्रयोग गर्दै आइरहेको भाईरल बनेको छ। साथै समाजिक सञ्जालमा नै प्रहरी उपरीक्षक सिलवालले उक्त चोरीको गाडी भन्सारमा नबुझाई आफैं प्रयोग गर्दै आएको आरोप सहित उक्त गाडीको फोटो नै भाईरल बनेको छ।
यस बिषयमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराको प्रमुख एवम् प्रहरी उपरीक्षक राजकुमार सिलवाल सँग कुरा गर्दा ट्राफिक प्रहरीमा घुमुवा प्रहरी हुदैन। सबै जना ड्युटी नै गर्ने गरेका छन्। ट्राफिक प्रहरीको मुख्य काम गाडीहरुको कागजपत्र चेकजाँच गर्ने तथा गाडीहरुको ओभर लोड हेर्ने भएकोले डियुटीसँगै बाहिर भित्रको काम हेर्न एकजनालाई बिशेष जिम्मेवारी दिईन्छ। साथै पैसा उठाउने आरोप झुठो रहेको बताउदै स्कार्पियो गाडी पक्राउ गरी भित्र नै राखिएको छ। उक्त गाडी चोरीको हो भनि शँकामा अनुसन्धान भईरहेको छ।
डिआइजी चतुर्वेदीसँग ट्राफिक व्यवस्थापन कार्यालय पथलैयामा बिहिबार नै प्रहरी हवल्दार रोशन नाथलाई घुमुवा परिचालन गरेको प्रश्नमा आश्चर्य चकित हुदै समाचार प्रकाशन गर्नु र म आफै बुझ्ने बताएका छन्।
यसरी प्रहरी उपरीक्षक सिलवालले प्रहरी सँगठनको निति निर्देशन विपरित प्रहरी सँगठन प्रमुख आईजिपीको नाममा पैसा उठाउन घुमुवा प्रहरी मधेश प्रदेश कार्यालयमा तानिएकै दिन पुनः अर्को घुमुवा परिचालन गर्नुको साथै समाजिक सञ्जालमा चोरीको गाडी भँसार नबुझाई आफै प्रयोग गरीरहेको आरोपमा के कस्तो कार्वाही हुने भनि हेर्न बाँकी रहेको छ।