कलैया । पर्साको अलौं नाका तस्करीको ट्रान्जिट प्वाइन्ट नै भएको छ। उक्त नाकाबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीले तस्करीको ग्रिन सिग्नल नै दिएको बारम्बार आरोप रहेको छ।
उक्त नाकाबाट सशस्त्र प्रहरी गुल्म अलौंले ईन्चार्ज सशस्त्र प्रहरी नायब उपरीक्षक र सिर्सिया प्रहरी चौकिको सहकार्य नै तस्करी मौलाएको छ। यस बिषयमा यस दैनिक सँगै बिभिन्न सँचारगृहले समाचार प्रकाशन गर्दा पनि तस्करी कार्य रोकिएको छैन। बरु तस्करीहरुलाई थप छुट दिईएको छ।
तस्करहरुलाई छुट दिनु तथा सशस्त्र प्रहरी गुल्म अलौं र प्रहरी चौकी सिर्सियाले डिआइजीसम्मलाई भाग पठाउने गरेको श्रोतको दाबी रहेको छ। मधेश प्रदेशको डिआइजीलाई समेत भाग उपल्ब्ध हुने भएकोले कार्वाही कस्ले गर्ने भनि प्रहरीहरुको मनोमल बढ्दै गएको छ।
उक्त नाकाबाट नाकाबाट दिनहु कपडा, हार्डवेयर, भैसी, मोबाइल पार्टस, मरिच लगायत खदान्य समाग्रीको तस्करी हुने गरेको जोकोहिले पनि सजिले देख्न सक्छन । तर मासिक रूपमै नजराना बुझने प्रहरीहरूलाइ दिन दहाडै तस्करी भएको कार्य आखाले देख्न पनि छोडेको एक स्थानीय बताउछन ।
उनका अनुसार प्रहरीलाई मात्र मासिक रूपमा नजराना सङ्ग मतलब हुन्छ, सीमा नाकामा खटेर मात्र सर्वसाधारणलाई दुख दिने र तस्करहरू सङ्ग मासिक रूपमा लाखौ आर्जन गर्ने गढको रूपमा अलौ नाकालाई बनाएको आरोप, लगाए ।
यता दिनभरी प्रहरीले काम गर्ने गरे जस्तो बताउन खोजेपनी साझको ७ बजे पश्चात् तस्करीको काम सुरू हुने गरेको एक अर्का स्थानीय बताउछन । रातिको समयमा तस्करहरूको लस्करै लाग्ने गरेको उनले बताए ।
ठुला बडा देखि साना कारोबारीसम्म ७० जना भन्दा बढी भएपनी ठुला बडा तस्करहरू मात्र एक दर्जनको हराहरी मा रहेको बताए । अनिल, बैझनाथ, मनोज लगायत दर्जनौ ठुला तस्करहरू तस्करी गर्न सकृय रहेको उनले बताए ।