मधेशसमाचार

बीरगंजमा हैजा फैलिएपछि बाराको सिमावर्ती प्रसौनी र विश्रामपुरले चटपटे, पानीपुरी, चाट , माछा बिक्रीमा रोक

कलैया, ०९ भाद्र

बीरगंजमा हैजा फैलिएपछि बाराको सिमावर्ती प्रसौनी र विश्रामपुर गाउँपालिकाले चटपटे, पानीपुरी, चाट , माछा बिक्रीमा रोक लगाएको छ।

प्रसौनी गाउँपालिका अध्यक्ष बिनोद प्रसाद जैसवाल र विश्रामपुर गाउँपालिकाको अध्यक्ष जुल्फ्कार अलि भुटोको हस्ताक्षरमा जारी भएको छुट्टाछुट्टै विज्ञप्ति रोक लगाईएको छ।

उक्त पत्रमा वीरगंज महानगरपालिका लगायत पर्सा जिल्लामा हाल भयावह रुपमा फैली रहेको हैजा (Cholera) रोगको संक्रमण बारे सर्ब विदितै रहेको उल्लेख गरीएको छ । साथै बीरगंज महानगरपालिका संग सिमा जोडिएको प्रसौनी गाउँपालिका र विश्रामपुर अन्तर्गतमा समेत उक्त रोग फैलिन सकिने जोखिम उच्च रहेकोले अत्यन्त सावधानी पुर्वक बस्न सूचित आग्रह गरीएको छ।

प्रसौनी गाउँपालिका र विश्रामपुर गाउँपालिका अन्तर्गत रहेका सबै बजार क्षेत्रहरुमा चटपटे, पानीपुरी, चाट, मांछा जस्ता खाद्य पदार्थ विक्री वितरणमा प्रतिवन्ध लगाईएको छ। भने होटेलहरुमा खाद्य पदार्थहरु सफा र सुरक्षित रुपमा भण्डारण गरी बेच बिखन गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरीएको छ।

साथै दिसा, पिसाव गर्दा चर्पीको मात्र गर्नुपर्ने र दिसा, पिसाब जथाभावी गर्न पाईने भनि प्रतिबन्ध लगाईएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button