कलैया, ०९ भाद्र
आर्थिक बर्ष २०८०/०८१ को लिजाको स्वमुल्याङ्कन परिणाम सार्वजनिक भएको छ। उक्त सार्वजनिक अनुसार बाराको १६ स्थानिय सहित मधेश प्रदेशमा कलैया उपमहानगरपालिका उत्कृष्ट भएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका गाउँपालिका नगरपालिका, उपमहानगर र महानगरको कार्य प्रक्रिया र उपलब्धिको मूल्याङ्कन गरेर नतिजा सार्वजनिक गरेको छ ।
स्थानीय तहको शासकीय पद्धति र विकास व्यवस्थापनमा सुधार गर्नुपर्ने क्षेत्र पहिचान गर्न मन्त्रालयले हरेक बर्ष यसरी मापन गर्दै आएको छ ।
स्थानीय सरकारबीच स्वस्थ्य प्रतिस्पर्धाको भावना जागृत गराउने उद्धेश्यले मन्त्रालयले गुणस्तर परीक्षण, शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सहकार्य र समन्वय जस्ता ११ वटा सुचक मार्फत स्थानीय तहको मूल्याङ्कन हुँदै आएको छ
आ व२०८०/०८१ को स्वमुल्याङ्कन परिणाम मन्त्रालयले गुणस्तर मापन गरी अन्तिम नतिजा सार्वजनिक गरेको हो ।सार्वजनिक बाराको नतिजामा सबै सुचकबाट कुल कलैयाले ७६ अंक ल्याएर प्रथम भएको हो । ६५ दशमलव २५ अङ्कसहित जितपुर सिमिरा दोस्रो, ६५ अङ्क सहित परवानीपुर तेस्रो भएका छन । ६४ दशमलव ७५ प्रतिशत सहित महागढीमाई चौथो, ६३ दशमलव ५० अंक सहित निजगढ पाँचौं, ६३ दशमलव २५ अङ्क सहित प्रसौनी छैठो , ६३ अङ्क ल्याएर करैयामाई सातौं भएका छन ।
त्यसैगरी ५९ अङ्क ल्याएर बारागढी आठौं, ५५ दशमलव ७५ अङ्क ल्याएर आदर्श कोतवाल नवौं, ५२ दशमल ५० अङ्क ल्याएर पचरौता नगरपालिका १०औ ५० दशमलब ७५ अंक ल्यार विश्रामपुर एघारौँ, ५० दशमलव ५० अङ्क ल्याएर देवताल बाह्रौं, ५० दशमलव २५ अङ्क ल्याएर कोल्हबी १३ औँ ४९ दशमलव ५० अङ्क ल्याएर सुवर्ण गाउँपालिका १४ औं, ४९ अङ्क ल्याएर सिम्रनगढ नगरपालिका १५ औ र अन्तिममा ३१ दशमलव २५ अङ्क ल्याएर फेटा गाउँपालिका १६ औ स्थान भएको हो ।