फतुवा बिजयपुर नम्बर वडा ४ को कार्यालयमा क्रिकेट खेलाडी द्वारा तालाबन्दी 

17
फतुवा बिजयपुर नम्बर वडा ४ को कार्यालयमा क्रिकेट खेलाडी द्वारा तालाबन्दी
रूपेश यादव
राैतहट, २० बैशाख
राैतहट जिल्लाकाे फतुवा बिजयपुर  नगरपालिका  वडा नम्बर ५ मा युवा क्रिकेट खेलाडीहरुले वडा कार्यालयमा तालाबन्दी गरेको छ।
 शुक्रबार संजय यादवका नेतृत्वमा दुई दर्जनभन्दा बढि  खेलाडीहरुका समुह गएर तालाबन्दी गरिएको छ।  अध्यक्ष शेख एजाज अहमदले वडा स्तरीय बजेट बाट बिगत ७ बर्ष देखि आफुहरुलाई क्रिकेट खेलकुद सामग्री बितरणमा बाईपास गर्दै आईरहेकाे असन्तुष्ट खेलाडीहरुले आराेप समेत लगाएका छन ।
वडा अध्यक्ष अहमदले आफ्नो नजिकका ब्यक्तिहरुलाई मात्र गैर खेलाडीलाई उक्त सामग्री दिएकाे दाबी गर्दै आक्राेषित युवाहरु कार्यालयमा तालाबन्दी गरेका छन।
तालाबन्दीकारीहरु अनुसार केही दिन अघि बितरण भएको  सामग्रीहरुलाई पुनः निस्पक्ष र पारदर्शी तरिकाले बितरण गरि वडा भित्रका सम्पुर्ण खेलाडीहरुलाई समावेश गर्नु पर्नु जोड दिएका छन् ।
यस बिषयमा वडा अध्यक्ष अहमद संग बुझ्दा बाकी खेलाडीहरुका लागि आउँदाे आईतवारका दिन उपलब्ध गराउने समय दिएका छ। भने केही ब्यक्तिहरुकाे उक्साहटमा परि कार्यालयमा तालाबन्दी गरेको बताएका छन् ।
Leave A Reply

Your email address will not be published.