शु.आ. सम्बाददाता
रौतहट, १२ भाद्र
रौतहटको कटहरीया नगरपालिकामा आपतकालीन कार्य सञ्चालन केन्द्र बिहिबार एक कार्यक्रम बिच स्थापना भएको छ।
कटहरीया नगरपालिकाका नगरप्रमुख अजय प्रसाद जयसवालको अध्यक्षतामा उक्त केन्द्रको स्थापना भएको छ। उक्त कार्यक्रममा नगरप्रमुख जयसवालले जिल्लामा यो कार्य सञ्चालन नहुँदा वर्षाको समयमा निकै समस्या भोगेको बताएका छन् । यसको स्थापनाले दैविक प्रकोप उद्धारका लागि महत्वपूर्ण सहयोग पुग्ने नगरप्रमुख जयसवालको भनाई रहेको छ।स्थानीय सरकारले पनि दैविक प्रकोपमा उद्धारका लागि आपतकालिन कोषको व्यवस्था गरिएको समेत उहाँले बताएका छन् ।
विपद्का सूचना संकलन गर्ने
जिल्ला विपद् व्यवस्थापन समितिको मातहतमा सञ्चालन भएको केन्द्रले विपद् सम्बन्धी सूचना संकलन र सम्बन्धीत निकायमा रिर्पोटिङको काम कटहरीया नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बिरबहादुर साह लहेराले जानकारी दिएका छन्। बर्खाको समयमा विपद्का घट्नाहरु वढी हुने गरेकोले यस केन्द्रको स्थापना गरीएको समेत लहेराले जानकारी दिएका छन्।
आपतकालिन कार्य सञ्चालन केन्द्र २४ सैँ घण्टा सञ्चालन हुने प्रमुख अतिथिको रुपमा मधेश प्रदेशका मुख्यमंत्री तथा मन्त्री परिषद कार्यालयको सचिव एमेन्द्र उपाध्यायले जानकारी दिएका छन्। २४ सैँ घण्टा विपद् सम्बन्धी सूचना संकलन र रिर्पोटिङ, उद्धारका काम हुने भएकोले बिपद् घट्नाका बारेमा प्रदेश आन्तरिक कानुन मन्त्रालयमा समेत जानकारी गराउने उपाध्यायले जानकारी दिएका छन्।
उक्त कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा मधेश प्रदेश गृह संचार तथा कानुन मन्त्रालयका बिमल प्रसाद बराल र नगर उप प्रमुख रिता देवी यादव, गृह तथा कानुन मन्त्रालयका सचिव सहित कार्यपालिका सदस्य, वडा अध्यक्ष , पालिकाका कर्मचारी लगायतका व्यक्तिहरू उपस्थिति रहेको थियो।