समाचार

सुचना संचार तथा गृहमन्त्री लेखि द्वारा पर्साको सिमावर्ती प्रहरी चौकीहरुको निरिक्षण

सुचना संचार तथा गृहमन्त्री लेखि द्वारा पर्साको सिमावर्ती प्रहरी चौकीहरुको निरिक्षण

 

राजन कुमार बानिया

 

पर्सा , २० बैसाख

 

मधेश प्रदेशका सुचना संचार तथा गृहमन्त्री राजकुमार लेखीले शुक्रबार पर्साको सिमावर्ती प्रहरी चौकीहरुको निरिक्षण गरेका छन्।

 

मन्त्री लेखिले पर्सा जिल्ला स्थित छिपहरमाई गाउँपालिकाको सिमावर्ती नाका लगायत भिस्वा , बुडगाई नाकाको प्रहरी चौकीहरु निरिक्षण गरेका छन् । गृहमन्त्री लेखीले सिमावर्ती नाकाको निरिक्षण गर्दै भिस्वा र बुढगाई प्रहरी चौकीको अनुगमनको क्रममा त्यहाँका स्थिति बारे जानकारी समेत लिएका छन् ।

 

उक्त अनुगमनको क्रममा गृहमन्त्री लेखीले अहिले गर्मीयाम भएकोले बढ्दो आगलगीको समस्या देखिएकोले छिपहरमाई गाउँपालिकामा बारुणयन्त्रको आवश्यकता रहेकोले गाउँपालिकालाई एक महिना भित्र बारुणयन्त्र उपलब्ध गराउने प्रतिबद्धता गरेका छन्। भने प्रहरी चौकी हरुको अवस्था हेरी बुढगाई प्रहरी चौकीमा नयाँ भवनको निर्माण गरिनुको साथै प्रहरी चौकीमा सवारी सुबिधा एक महिना भित्र उपलब्ध गराउने प्रतिबद्धता समेत गृहमन्त्री लेखीले गरेका छन्।

 

उक्त अनुगमनमा छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता ,वडाअध्यक्ष मौजिलाला साह ,पुर्ववडाअध्यक्ष राजबली यादव, युवा संघ पर्साका अध्यक्ष सुबास साह , रामएकबाल पटेल, शिक्षक मनोज पटेल, नेकपा एमालेका प्रदेश कमिट, जिल्ला कमिटिका प्रतिनिधि , प्रहरी प्रशासन लगायत स्थानीय बासिहरुको सहभागिता रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button