नेकपा एमालेमा नयाँ अन्तर संघर्ष सुरु: पुर्व राष्ट्रपति भण्डारी
कलैया , १६ भाद्र
पुर्व राष्ट्रपति बिधा देबी भण्डारी नेकपा एमालेमा नयाँ अन्तर संघर्ष सुरु भएको बताएकी छिन। मदन भण्डारी फाउन्डेसन जिल्ला कमिटी बाराले आयोजना गरेको मदन भण्डारीको ७५ औं जन्मजयन्तीको अवसरमा कलैया स्थित दरबार होटलमा आयोजित कार्यक्रममा उनले यस्तो बताएकी छिन । साथै नेकपा एमालेले मदन भण्डारीलाई जननेताका रूपमा स्वीकार गरिसकेको बताएकी छिन्।
मदन भण्डारीको विचार र योगदानलाई नयाँ पुस्तासम्म पुर्याउनुपर्नेमा जोड दिदै पुर्व राष्ट्रपति भण्डारीले शिक्षा र स्वास्थ्यका क्षेत्रमा थप ध्यान दिनुपर्ने आवश्यकता औंल्याएकी छिन् ।साथै, जलवायु परिवर्तनले विश्वमा पारेको असर र चुरे दोहनका कारणले निम्तिएको जल संकट जस्ता समस्याहरूको समाधानका लागि सामूहिक प्रयास जरुरी रहेको बताएकी छिन।
साथै स्थानीय पत्रकारले सदस्यताबारे जिज्ञासा राख्दा आफू एमालेकै सदस्य भएको भन्दै एमालेको हितका लागि काम गर्ने बताइन्। भण्डारीले मैले एमालेको सदस्यता नवीकरण गरेकी बताउदै एमालेको सदस्यका रूपमा पार्टीको हितमा काम गर्ने बताएकी छिन।
राष्ट्रपति हुदाँ मदन भण्डारीको हत्याको फाईल किन नखोलेको प्रश्नमा पुर्ब राष्ट्रपति भण्डारीले केहि प्रतिक्रिया नदिई हिडेकी थिइन्।
उक्त कार्यक्रमको अध्यक्षता क. पुरुषोत्तम अन्सारीले गरेका थिए भने उपाध्यक्षमा क. पन्नालाल कुशवाहा र सचिवमा क. दीपेन्द्र प्रसाद साह थिए।
आईतबार बिहानै पुर्व राष्ट्रपति भण्डारी नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा बाराका नेता पुरुषोत्तम पौडेलको नेतृत्वमा ठूलो संख्यामा कार्यकर्ता सहित विश्वप्रसिद्ध गढीमाई मन्दिरमा पूजापाठ समेत गरेकी थिइन्।