प्रदर्शनको एकदिन पछि खानेपानीमन्त्रीको पक्षमा कार्यकर्ताद्वारा प्रदर्शन

14

कलैया , १७ भाद्र

वीरगंजमा हैजा नियन्त्रणबाहिर रहेको तथा आफ्ना परिवारका सदस्य अस्पताल भर्ना भएको गुनासो गरेकी किरण साहलाई मन्त्री यादवले तीनवटा मुद्दा लगाएर प्रहरी हिरासतमा राख्न लगाएका छन्। कलैया उपमहानगरपालिका– २६, सिस्वा महेशपुरकी किरण साहले ‘खानेपानीमन्त्री भएर वीरगंजमा पिउने पानी कस्तो बाँड्नुभयो ? रोकथाम र नियन्त्रणका लागि के गर्नुभयो ?’ भन्दै फोनमा चर्को स्वरमा कुरा गरेकी थिइन्।

शुक्रबार राति सामाजिक सन्जालमा खानेपानीमन्त्री यादव र किरण साहबिच भएको कुराकानीको अडियो सार्वजनिक भएको थियो। उक्त अडियोमा किरण साहले चर्को स्वरमा मन्त्री यादवलाई वीरगंजमा फैलिएको हैजाबारे प्रश्न गरेकी छिन्।

उनले खानेपानीमन्त्रीलाई फोन गरेर हैजासँग सम्बन्धित समस्याबारे जानकारी गराउन खोजेकी थिइन्। तर, पटक–पटक फोन गर्दा पनि मन्त्रीसँग कुरा गर्न नपाएपछि उनले आक्रोश व्यक्त गरेको अडियोमा सुनिन्छ।

चर्को स्वरमा कुरा गरेको भन्दै मन्त्री यादवको सचिवालयले प्रहरीमा उजुरी दिएको आधारमा पर्सा प्रहरीले उनलाई शनिबार नै बिरगंज मुर्लि चौकबाट पक्राउ गरी अदालतबाट आईतबार तिन दिनको थप गराई अनुसन्धानको क्रममा हिरासतमा राखिएको थियो । भने मँगलबार पुनः तिन दिनको म्याद थप गराईएको जानकारी प्रहरीले दिएको छ।

किरण साहको पक्षमा सोमबार साँझ किरणको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि महिलाहरूले प्रदर्शन गरेका थिए। वीरगंजमा फैलिएको हैजा र झाडापखालाबारे मन्त्रीसँग जानकारी लिन खोज्दा पक्राउ परेको भन्दै महिलाहरूले किरणको तत्काल रिहाइको माग गरेका थिए।

त्यसको भोलिपल्ट अर्थात् मँगलबार दिउँसो मन्त्रीको पक्षमा जसपा पार्टीको महिलाहरुले प्रदर्शन गरेका छन्। पानीको अभाव भएको समयमा खटिएर सहयोग गरेका जिल्लाका नेतालाई धम्की दिएको जिकिर गर्दै प्रदर्शनकारीले किरण साहलाई कारबाहीको माग गरेका छन्। प्रदर्शनको नेपाल खानेपानी संस्थान सञ्चालक समितिका सदस्य सल्मा खातुन र मधुमाला यादवले अगुवाइ गरेका थिए। उनीहरू अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य पनि समेत रहेका छन्।

Leave A Reply

Your email address will not be published.