मधेशसमाचार

सशस्त्र प्रहरीद्वारा तस्करको समान पक्राउ हुने तर मानिस उम्किने

कलैया , १८ भाद्र

राजश्व चुहावट नियन्त्रण गर्न सिमानाकामा सशस्त्र प्रहरीलाई तैनाथ गरीएको छ। तर सशस्त्र प्रहरीहरु नै राजश्व चुहावट गर्न तल्लीन रहेको सर्वत्र गुनासो रहेको छ।

त्यस्तै सशस्त्र प्रहरी बल १२ नम्बर गणको गणपति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसी राजश्व चुहावट गर्न घुमुवा नै परिचालन गरेका छन्। घुमुवाको रुपमा सहायक हवल्दार राजेश यादवको कमाण्डमा तिन जनालाई परिचालन गरेका छन्।

घुमुवा परिचालन गर्न नपाउने सशस्त्र प्रहरी सँगठनमा नै सशस्त्र प्रहरी उपरीक्षक केसीले घुमुवा परिचालन गरेका छन्।

घुमुवाहरुले तस्करहरुसँग मासिक नजराना लिई तस्करीको ग्रिन सिग्नल दिने गरेको प्रहरी श्रोतको नै दाबी रहेको छ। श्रोतको अनुसार सशस्त्र प्रहरी उपरीक्षक केसीले परिचालन गरेको घुमुवाहरु मासिक नजराना दिन केहि दिन ढिला सुस्ती हुँदा तस्करीको समान पक्राउ गर्ने गरेको दाबी छ। समान पक्राउ गर्ने र तस्करीलाई उम्काउने गरेको छ।

सशस्त्र प्रहरी उपरीक्षक केसीले नै घुमुवाबाट आर्थिक कलेक्सन गर्ने भएकोले दशैं लक्षित पटाका , कपडा , काजु , मटर भण्डारणदेखि माछा, चिनी, कवाड र अन्य दैनिक उपभोग्य सामग्री भारतबाट चोरी पैठारी गरी सजिलै नेपाल भित्र्याइने गरेको बिभिन्न सँचारमाध्यमबाट प्रकाशन भईरहेको छ। तर पनि सशस्त्र प्रहरी उपरीक्षक केहि आफ्नो नजिकको सँचारकर्मिहरु लिई तस्करीको ग्रिन सिग्नल दिएपनि मासिक दिन आनाकानी गर्ने समान पक्राउ गरी वाहवाही कमाउने गरेका छन्। समान सँगै समान ल्याउने तस्कर किन पक्राउ नपर्नेमा स्थानीयहरु प्रश्न समेत गरेका छन्।

साथै सशस्त्र प्रहरी मुख्यालयले पनि बारा जिल्लाको सिमानाकामा रहेको बिओपि र फरवार्ड सुरक्षा बेसको ईन्चार्जहरु तानिएको कुराले पनि प्रमाणित भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button