समाचार

नागरिक समाज बाराको अध्यक्ष दासले नै गरे बारा नागरिक समाज जिल्ला कार्य समिति भंग

नागरिक समाज बाराको अध्यक्ष दासले नै गरे बारा नागरिक समाज जिल्ला कार्य समिति भंग

 

 

 

बारा, २० बैशाख

 

नागरिक समाज बाराको अध्यक्ष उमेशलाल दासले नै बारा नागरिक समाज जिल्ला कार्य समिति भंग गरेका छन्। अध्यक्ष दासले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै कार्य समिति भंग गरिएको जानकारी दिएका छन्। साथै उक्त विज्ञप्ति मार्फत नै कोई कसैले बारा नागरिक समाजको हंसियतमा कोई कसैलाई कुनै पनि कार्यक्रममा बोलाउन तथा सहभागिता नगराउन आग्रह समेत गरेका छन्।

 

विज्ञप्तिमा बारा नागरिक समाज सदैव नागरिकको पक्षमा रही न्यायका लागि लडी रहने संस्थाको रुपमा जिल्ला आफ्नो छुटै पहिचान बनाउन सफल भएको सबैमा विदितै रहेको उल्लेख गरीएको छ।

 

साथै शिक्षा,स्वास्थ्य,स्वच्छ वातावरण लगायत संविधानले प्रद्धत गरेका सबै खाले नागरिकको मौलिक अधिकारको ग्यारेन्टीका लागि वकालत, पैरवी गर्दै लडी रहेको उल्लेख गर्दै बारा नागरिक समाज जिल्ला कार्य समितिमा रहेका अधिकांश सदस्यहरु दलीय कित्तामा समावेश रही संस्थामा समय दिने नगरेको उल्लेख छ।

 

आफु एक्लैको प्रयासले संस्थालाई अहिले सम्म जीवन्त राख्दै नागरिकको आवाजलाई मुख्रित गर्न दिशामा अगाडी बढीरहेको विज्ञप्ति मार्फत जानकारी गराउदै स्वतन्त्र,निष्पक्ष रुपमा आफुले नागरिकहरुको जनजिवीका सवालहरु उठाउदै अगाडी यात्रा तय गर्दा समेत नागरिकको पीडा र समस्या कार्यन्वयन गराउन अप्ठ्याराको सामना गर्नु परेको दासले विज्ञप्तिमा लेखेका छन्।

 

बारा नागरिक समाजलाई अझै कसिलो,गतिलो रुपमा नागरिकको नैसर्गिक अधिकारलाई स्थापित गराउनका लागि बारा नागरिक समाज जिल्ला कार्य समिति भंग गर्दै चाडै नै समाजका प्रबुद्ध व्यक्तिहरुलाई समेटेर पूनः जिल्ला कार्य समितिको विस्तार गर्ने दासले विज्ञप्ति मार्फत अवगत गराएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button