मधेशसमाचार

सिँचाइका लागि विद्युतीय मोटर कै भर

बारा , १९ भाद्र

बाराका किसान धानबालीमा सिँचाइका लागि विद्युतीय मोटरको भर पर्न बाध्य भएका छन् । यो वर्ष किसानले धान रोपाइँका लागि पानीको अभाव झेल्नु परेको थियो । जसोतसो धान रोपाइँ गरेका किसानले अहिले गोड्ने बेलामा पनि विद्युतीय मोटर नै चलाएर बाली सुक्नबाट जोगाइरहेका छन् ।

कलैया उपनगरपालिका–१४, बघवनको गजेन्द्र चौधरीले आकासे वर्षा नहुँदा दिनरात विद्युतीय मोटर नै चलाएर धान खेतमा पानी लगाउनु परेको बताएका छन् ।

साउन मध्यतिर केही दिन आकासे वर्षा भएपछि किसानलाई राहत मिलेको थियो । त्यसपछि भने पुनः वर्षा हुन छाडेसँगै सिँचाइको समस्या परेको छ । वर्षा नभएकाले यहाँका अधिकांश खोला सुकेका छन् ।

देवताल गाउँपालिका – ६ रौवाहीका किसान राजेश यादवले समयमा पानी नपरेकोले खोलानालामा समेत पानीको अभाव भएकोले बिधुतिय मोटरको सहारा लिनु परेको छ। यो वर्ष धान रोपाइँ गरेपछि धान खेत भरिभराउ हुने गरी पानी पर्नै नसक्दा सिँचाइको जहिल्यै समस्या परिरहेको यादवको भनाइ रहेको छ ।

आकासे वर्षा नभए पनि मोटर चलाएर पानी आउने ठाउँका किसानले सिँचाइ गरिरहे पनि भूमिगत पानी नआउने ठाउँका किसान भने समस्यामा परेका छन् । पानी नपरेर सुक्खा बढ्दा विद्युतीय मोटरको प्रयोग बढेर नेपाल विद्युत् प्राधिकरणलाई पुनः भार व्यवस्थापन गर्न समस्या पर्न थालेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button