कलैया , १९ भाद्र
पर्साको अलौ नाकाबाट सशस्त्र प्रहरीले तस्करी कार्य तिब्र रूपले अगाडी बढाएको पाइन्छ ।
मासिक लाखौ रूपैया बुझे पश्चात् सशस्त्र प्रहरी बल नेपालले तस्करी कार्य तिब्र रूपले अगाडी बढाएको गुनासो बढेको छ ।
मासिक नजराना सशस्त्र प्रहरीले लिने गरेकोले दशैं तिहार नजिकिँदै गर्दा तस्करीहरुको रोजाई अलौ नाका हुन पुगेको छ। तस्कर संगठनले सशस्त्र प्रहरी सिमा सुरक्षा गुल्ममा लाखौं रुपैया दिए पश्चात तस्करी कार्य निर्बाध रुपमा सँचालन हुने गरेको छ।
लाखौं नजराना बुझेपछि उक्त नाकाबाट रातिको त कुरै छोडौ दिउँसो पनि तस्करीको समानहरु प्रहरीहरुले नदेख्ने जस्तो गर्ने गरेका पाईन्छ। जसको फलस्वरूप उक्त नाकाबाट दिनहु सयौ तस्करीमा सँगल्न भएका ब्यक्तिहरू तस्करी गर्न सकृय रहेका छन।
अलौ नाकाबाट दिनहुँ कपडा, हार्डवेयर, भैसी, मोबाइल पार्टस, मरिच लगायत खाद्यान्न समाग्रीको तस्करी हुने गरेको जोकोहिले पनि सजिलै देख्न सक्छन् । तर मासिक रूपमै नजराना बुझने सशस्त्र प्रहरी र नेपाल प्रहरीले दिन दहाडै तस्करी भएको कार्य आँखाले देख्न पनि छोडेको एक प्रत्यक्षदर्शीले यस दैनिकलाई बताएका छन्।
उक्त नाकाबाट दिनमा मोटरसाइकलको माध्यमले तस्करी हुनेमा रातिको समयमा तस्करहरूको लस्करै लाग्ने गरेको बताएका छन् । ठुला बडा देखि साना कारोबारीसम्म ७० जना भन्दा बढी भएपनी ठुला बडा तस्करहरू मात्र एक दर्जनको हराहरीमा रहेको उनले दाबी गरेका छन्। अलौ नाकाबाट प्रिन्स , अनिल, बैझनाथ, मनोज लगायत दर्जनौ ठुला तस्करहरू तस्करी गर्न सकृय रहेको उनले दाबी रहेको छ।