सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत पत्रकारहरूसँग अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम संम्पन्न

10

सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत पत्रकारहरूसँग अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम संम्पन्न

बारा , २० बैशाख

 

वैदेशिक रोजगारमा जाने श्रमिकहरूको अधिकार संरक्षण र सुरक्षित आप्रवासन प्रवर्द्धन गर्न ‘सुरक्षित आप्रवासन (सामी) कार्यक्रम’ अन्तर्गत बाराको कलैयामा र रौतहटको गौरमा शुक्रबार अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

 

बारामा पत्रकार महासंघ बाराको अध्यक्ष रमेश सुवेदी अध्यक्षतामा कलैया स्थित दास गेष्टको सभाहलमा र रौतहटको गौरमा गौर नगरपालिकाको नगर प्रमुख शम्भु साहको प्रमुख आतिथ्यमा संम्पन्न उक्त कार्यक्रमहरु सम्पन्न भएको छ।

 

उक्त अन्तरक्रिया कार्यक्रममा वैदेशिक रोजगारमा जाने क्रममा देखिएका प्रमुख चुनौतीहरू, सुरक्षित आप्रवासनका उपाय, सीपमूलक तालिम, श्रम स्वीकृति, भरपाई तथा प्रमाणपत्र व्यवस्थापन, कागजातको सुरक्षा, नेपालको विमानस्थलको प्रयोग र सहयोगी संस्थाहरूको भूमिकाको विषयमा जानकारी गराईएको छ। भने कार्यक्रममा ‘स्वदेशमै रोजगारी गरौं, जानै परे सुरक्षितरूपमा जाऔं’ भन्ने नारालाई आत्मसात गर्दै बाराको कलैया उपमहानगरपालिका , जितपुर सिमरा उपमहानगरपालिका, बारागढी गाउँपालिका , सिम्रौनगढ नगरपालिका, कोल्हवी नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिका, गरुडा नगरपालिका, गौर नगरपालिका र दुर्गाभगवती गाउँपालिकाको सहकार्यमा सुरक्षित आप्रवासनको सन्देश फैलाउने प्रतिबद्धता जनाइएको छ।

कार्यक्रमले वैदेशिक रोजगारमा जाने श्रमिकहरूलाई आवश्यक सूचना र सीपसहित मात्र यात्रा गर्न प्रेरित गर्नुका साथै स्थानीय तह, सञ्चारकर्मी र सरोकारवाला निकायबीच समन्वय बढाउने लक्ष्य लिएको जानकारी दिईएको छ।

 

साथै, श्रम तथा रोजगारसँग सम्बन्धित सम्पूर्ण जिज्ञासा, गुनासा र समस्या समाधानका लागि सरकारले संञ्चालनमा ल्याएको निःशुल्क श्रमदान कल सेन्टर ११४१ मा सम्पर्क गर्न सकिने जानकारी पनि दिइएको थियो। थप जानकारीका लागि नजिकको जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमा स्थापना गरिएका आप्रवासी स्रोत केन्द्र वा उपकेन्द्रमा सम्पर्क गर्न अनुरोध समेत गरिएको छ ।

 

उक्त कार्यक्रमले सुरक्षित वैदेशिक रोजगारीलाई प्रवर्द्धन गर्दै आप्रवासनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने प्रयासलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । दुबै जिल्लाको कार्यक्रममा जिल्लाका विभिन्न संञ्चारमाध्यममा आवद्ध पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.