मधेशसमाचार

महिन्द्रा कम्पनीका ग्राहक भेटघाट माैलापुरमा सम्पन्न

रूपेश यादव

राैतहट , २२ भाद्र

महिन्द्रा अर्गनाइजेसन कम्पनीले ग्राहक भेटघाट माैलापुरमा सम्पन्न गरेकाे छ। शनिबारका दिन माैलापुर नगरपालिका स्थित पार्क हाेटलमा महिन्द्रा कम्पनीका ग्राहकलाई बाेलाएर उक्त कार्यक्रम सम्पन्न गरिएकाे हाे।

महेश कुमार अधिकारीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रभाश मान साक्यले रहनु भएको थियो।

अग्नि Incorporated प्राईभेट लिमिटेड गनडककाे आयाेजनामा कार्यक्रमकाे मुख्य उदेश्य महिन्द्रा कम्पनी र ग्राहकहरुकाे सम्बन्ध सधै कायम रहने उदेश्यले याे कार्यक्रमकाे आयाेजना गरेकाे बताए।

कार्यक्रममा बाेल्दै महिन्द्रा कम्पनीका प्रतिनिधिले याे कम्पनी ७९ साल पुरानो कम्पनी हाे र हामी जुन परिवारमा जुट्नु भएछाै याे पुरै संसारमा नम्बर १ मा रहेको दाबीसमेत गरेको छन।

जस्तै सबैभन्दा बढि बिक्री हुने कम्पनी यही कम्पनी रहेको बताउनु भयो। हाम्रो महिन्द्रा कम्पनीका सदस्य पुरै संसारमा ४० लाख भन्दा बढिरहेको समेत बताए।

आजको समयमा लगभग ६० देशमा आफ्नो याे कम्पनीले ट्याक्टर उत्पादन गरेर बेचिरहेका छन।

दशै चाडपर्वमा महिन्द्रा उत्सवमा जस्तै यसपालि पनि हात खालि नजाने गरि ट्याक्टर धनी र चालक दुबैलाई Sure-shot उपहारहरु जस्तै ट्याक्टर धनीलाई ल्यापटप वा स्मार्टफाेन चालकलाई स्मार्ट वाच वा स्टयान्ड पंखा राखिएको बताए।

कार्यक्रममा ग्राहकहरुले खुशी कम्पनीलाई धन्यवाद ज्ञापन समेत गरेका हुन।

उक्त कार्यक्रममा एजेन्सी प्रतिनिधि संजय यादव ग्राहकहरु तथा सञ्चारकर्मीहरुकाे उल्लेखनीय उपस्थिति रहेका थियोे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button