मधेशसमाचार

राैतहटकाे शितलपुरमा नि:शुल्क दन्त, आँखा तथा कान उपचार शिविर सम्पन्न

रूपेश यादव

राैतहट , २१ भाद्र

राैतहटकाे शितलपुरमा नि:शुल्क दन्त , आँखा तथा कान शिविर सम्पन्न सम्पन्न भएको छ।

फतुवा बिजयपुर नगरपालिका वडा नम्बर -२ स्थित श्री माध्यमिक बिधालय सितलपुरमा शनिबारका दिन सम्पन्न भएको हाे।

नव जीवन युवा क्लब फतुवा बिजयपुर–२, सितलपुरका  सभापति -जयकिशाेर यादव उर्फ विकि यादवकाे अध्यक्ष्ातामा सम्पन्न कार्यक्रममा प्रमुख अथितिका रुपमा भावी मेयर उम्मेदवार ज्ञानेन्द्र यादव विशिष्ट अतिथि समाजसेवी रामअयोध्या राय यादव विशेष सहयोगी सामान्य दाँत चिकित्सक शशिभुषण यादव रामप्रावेश यादवले रहनु भएको थियोे।

नेपाली जनताको सेवा गर्नु तथा सामाजिक, सांस्कृतिक, शैक्षिक तथा स्वास्थ्य सम्वन्धी सचेतना जगाई समृद्ध समाज निमार्ण गर्नु कार्यक्रममार्फत जनाइएको थियो।

कार्यक्रम बिहान ९ बजे देखि बेलुकी ५ बजे सम्म चलेका थियो भने प्राविधिक सहयोग तिलगंगा आँखा अस्पताल, शाखा कार्यालय निजगढ, प्रकाश डेन्टल केयर, जीवन ज्योति डेन्टल क्लिनिक मौलपुर, उक्त शिविर बाट सेवा लिने को संख्या आँखा ३८८ दाँत ३०५ कान – २२५ जना ले सेवा लिनु भएको थियो भने निशुल्क अाैषधी समेत बितरण गर्नु भएको थियोे।

उक्त कार्यक्रम ग्रामीण क्षेत्रमा सञ्चालन हुदा गाउँबासीले हर्षित भई सहयोगीहरुलाई हार्दिक धन्यवाद ज्ञापन समेत गरेका छन।

कार्यक्रममा समाजसेवी बिवेक यादव र रामअयाेधया राय यादव , भविछन राय यादव, कन्हैया प्रसाद यादव , देवीदयाल यादव, गाउँका भद्रभलादमी , राजनितीकदल , सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरुकाे उपस्थिति रहेका थियोे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button