मधेशसमाचार

निजामति सेवा दिवसको अवसरमा जिल्ला प्रशासन बारा कलैयाको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न

उपेन्द्र पासवान

बारा,२२ भाद्र

निजामति सेवा दिवसको अवसरमा बारा जिल्ला प्रशासन कार्यालय, कलैयामा विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ। समाजसेवा र रगतको अभावलाई ध्यानमा राख्दै आयोजना गरिएको कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन्।

कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले गर्नुभएको थियो। कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी छबीरमन भट्टराई, नेपाल निजामति कर्मचारी संगठनका बारा अध्यक्ष सागर कुमार साह, सचिव रामजन्म पडित, कोशाध्यक्ष केशव चौहान,सदस्य प्रभु राम निजामति कर्मचारी तथा सञ्चारकर्मी लगायतको विशेष उपस्थिति रहेको थियो।

प्रमुख जिल्ला अधिकारी पौडेलले निजामति कर्मचारी केवल कार्यालयीन काममा मात्र सीमित नभई मुस्कानसहित सेवाग्राहीलाई सेवा प्रदान गर्दै मानव धर्मको कार्यमा पनि सक्रिय रहनुपर्ने कुरा उल्लेख गर्दै रक्तदानलाई जीवनदानको उत्कृष्ट कार्यका रूपमा व्याख्या गर्नुभयो।

संकलित रगतलाई प्रदेशिक अस्पताल कलैयाको रक्त सञ्चार केन्द्रमा राखिने व्यवस्था गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button