मधेशसमाचार

कम्प्युटर एशोसिएशन नेपाल महासंघ बारा द्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न 

उपेन्द्र पासवान

बारा, २२ भाद्र

रगतको अभाव पूरा गर्न र मानव सेवाको निहित आज कम्प्युटर एशोसिएशन नेपाल महासंघ बारा शाखाको आयोजनामा कलैयाको भरत चौकमा शनिवार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा जम्मा ३० जना सहभागीले रक्तदान गरेका छन्, जसमा महिला ४ जना र पुरुष २६ जना रहेका छन्। संकलित सम्पूर्ण रगत रक्त सञ्चार केन्द्र पर्सामा जम्मा गरिएको छ।

उक्त कार्यक्रमको अध्यक्षता कम्प्युटर एशोसिएशन नेपाल महासंघ बारा अध्यक्ष लक्ष्मण चौधरीले गरेका थिए।

सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको यस कार्यक्रमले समुदायमा रक्तदानप्रति चेतना र सकारात्मक सन्देश फैलाउने उद्देश्य राखेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button