जसपा नेपालको मधेश प्रदेश अध्यक्षमा उम्मेदवारी दिने योगेन्द्र यादवको घोषणा 

39

शु. आ. सम्बाददाता

रौतहट , २२ भाद्र

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य योगेन्द्र राय यादवले मधेश प्रदेश अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

आउँदो यही भदौ ३१ गतेदेखि असोज १ गतेसम्म हुने जसपा नेपालको मधेश प्रदेश अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने नेता यादवले घोषणा गरेका हुन् ।

देशमै सबभन्दा ठूलो जनाधार रहेको जसपा नेपालको मधेश प्रदेशको अधिवेशन यही भदौ ३१ गतेदेखि सुरु हुन लागेको छ।

नयाँ नेतृत्व चयनका लागि जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेशको हुन् लागेको अधिवेशनमा जसपा नेपालका चर्चित प्रभावशाली नेता मानिने पूर्व राज्य मंन्त्री योगेन्द्र राय यादवले प्रदेश अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेपछि निर्वाचन निकै रोचक र प्रतिस्पर्धात्मक हुने भएको छ।

पार्टी अध्यक्ष उपेन्द्र यादवको लामोसमय सहयात्री र सहयोगी भएर विगतमा काम गरिसकेका, मधेश प्रदेश सरकारमा लगातार पाँच वर्ष राज्य मन्त्रीको जिम्मेवारी सम्हालिसकेका, पार्टीको मधेश प्रदेशको राजनीतिमा बलियो पकड बनाउन सफल, प्रदेशको राजनीतिमा ठूलो योगदान दिएका र विद्यार्थी जीवनदेखि नै मधेशलाई आधार बनाएर राजनीति गर्दै आएका योगेन्द्र राय यादव जसपा नेपालको मधेश प्रदेश अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेपछि पार्टीमा नयाँ तरंग पैदा गरेको छ।निकै संघर्षशील र मेहनती भएका योगेन्द्र यादवको उम्मेदवारी घोषणाले चुनाव निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ भने उनको जीत लगभग सुनिश्चित जस्तै नै रहेको पार्टीका नेताहरु बताउँछन् ।

नेता योगेन्द्र यादवले चुनाव लड्ने लक्ष्यका साथ नै विगत केही महिनादेखि मधेस प्रदेशका आठवटै जिल्लामा नेता कार्यकर्तासँग भेटघाट गर्दै आएका थिए । मधेशको सबै जिल्लामा जसपा नेपालका शीर्ष नेता देखि लिएर प्रदेश र जिल्लाका अधिकांश नेता कार्यकर्ताहरु भित्री रूपमा प्रदेश अध्यक्षमा योगेन्द्र राय यादवलाई नै सघाउने रणनीति बनाइसकेका छन्।

त्यस कारण प्रदेश अध्यक्षमा योगेन्द्र यादवको जीत सुनिश्चित नै रहेको नेताहरुको दावी छ।

पार्टी अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्य तथा पार्टीका अन्य शीर्ष नेताहरूको उपस्थितिमा जनकपुरधाममा भव्य समारोहकाबीच जनता समाजवादी पार्टी नेपालको मधेश प्रदेश अधिवेशनको उद्घाटन यही भदौ ३१ गते हुँदैछ।

भदौ ३१ गते अधिवेशनको उद्घटानसत्र हुने र असोज १ गते देखि बन्दसत्र सुरु हुने कार्यक्रम रहेको छ।

प्रदेश अध्यक्षका आकांक्षी अहिलेसम्म दुईजना योगेन्द्र यादव र हालका प्रदेश अध्यक्ष बालकिशोर यादव मात्र देखिएका छन्।

वर्तमान प्रदेश अध्यक्ष बालकिशोर यादव पुनः प्रदेश अध्यक्षमा उम्मेदवारी दिने बताए।

Leave A Reply

Your email address will not be published.