निजामति सेवा दिवसको अवसरमा कलैया अस्पतालमा फलफुल वितरण

31

उपेन्द्र पासवान

बारा,२२ भाद्र

निजामति सेवा दिवसको अवसरमा प्रादेशिक अस्पताल कलैयामा बिरामीहरूलाई फलफुल वितरण गरिएको छ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला कार्य समिति बाराको सहयोगमा कलैया स्थित प्रादेशिक अस्पतालमा शनिवार एक कार्यक्रम बीच अस्पातलका विरामीहरुलाई फलफुल वितरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी एवं निजामती सेवा दिवस मूल समारोह समिति बाराका अध्यक्ष प्रकाश पौडेलले अस्पतालकी डा. मिना यादवलाई फलफुल हस्तान्तरण गरेका थिए।

उक्त अस्पतालका जेनेरल वार्ड, आइसीयू वार्ड, अपरेसन वार्ड, र प्रसूति गृहका ६६ जना बिरामीलाई फलफुल वितरण गरिएको निजामति कर्मचारी रामबाबु कुशवाहाले जानकारी दिए।

सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ पौडेलले ” हामि निजामति कर्मचारीहरुसंग जोडिएको कर्मचारी हौ,सेवाग्राहीहरुको काम पनि गर्छौं साथसाथै सेवा पनि गर्छौं” उनले भने । सेवाग्राहीहरु हाम्रो उच्च प्राथमिकतामा रहने प्रजिअ पौडेलले बताए छन।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई, निजामति कर्मचारी संगठन बाराका अध्यक्ष सागर साह,सचिव रामजनम पंडित , कोषाध्यक्षमा केशव चौहान सदस्य प्रभु राम जिल्ला कार्य समिति सदस्य, कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो।

Leave A Reply

Your email address will not be published.