कलैया , ०६ असोज
नेपालीहरुको महान चाड वडादशैं सोमबारबाट सुरु भएको छ । दशैंको पहिलो दिन नवरात्री पर्वको पहिलो दिन शैलपुत्री देवीको पूजाअराधना गरिन्छ । सोही क्रममा बाराको फेटा गाउँपालिका वडा नम्बर ४ चिलझपटीमा दुर्गा पुजा समितिले दुर्गा भवानीको मुर्ति स्थापना गरी पुजा आराधना शुरु गरेका छन्।
फेटा–४ चिलझपटी स्थित दुर्गा पुजा समितिले दुर्गा भवानी पुजाको क्रममा सोमबार भब्य रुपमा कलश यात्रा समेत निकालेको थियो। कलश यात्रा पश्चात दुर्गा भवानीको पुजा आराधना शुरु गर्नु अघि जनमत पार्टीको केन्द्रीय सदस्य एवम् फेटा गाउँपालिकाको भावी गापा अध्यक्ष पदको उम्मेदवार उमेश दुबेले फिता काटेर पुजा शुभारम्भ गरेका छन्।
उदघाटन गर्दै नेता दुबेले हिन्दूधर्मावलम्बी र नेपालीहरुको महान चाड सभ्य एवं भव्य रुपमा मनाउन आग्रह गर्दै आफुबाट हुन सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
दुबे पत्रकारिता पेशाबाट लोकप्रिय हुदै हाल जनमत पार्टीको केन्द्रीय रहेका छन्। साथै उनी फेटा गाउँपालिकामा जनताको हरेक सुःख दु:खमा काँधमा काँध मिलाई उभिने गरेकोले फेटा बासीको लोकप्रिय बनेका हुन्। फेटा बासीको चाहना अनुरुप नै दुबे अगामी स्थानीय तहको निर्वाचनमा फेटा गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिने भएका छन्। दुबेको चर्चा फेटा गाउँपालिका सहित बाराको कलैयासम्म हुने गरेको जनमत पार्टी फेटा गाउँपालिका युवा कमिटीका अध्यक्ष शेसनाथ यादवले बताएका छन्।
यादवको अनुसार फेटा बासीको चाहना अनुसार नै दुबे अगाडि बढेकोले उहाँको सम्मान गर्दै दुर्गा पुजा समितिले दुबेको हातबाट फिता कटाई पुजाको शुभारम्भ गराएका छन्।
सो अवसरमा दुर्गा पुजा समितीका अध्यक्ष रबिन्द्र पडित, उपाध्यक्ष महेश राउत, सचिव उमेश पडित लगायत , नेता प्रेम साह, वडा कमिटी अध्यक्ष मोहन दास, पत्रकार शर्मा बैठा लगायत सयौंको सहभागीहरु उपस्थित रहेको थियो ।