रूपेश यादव
रौतहट, ८ असोज
रौतहटको फतुवा बिजयपुर नगरपालिका–६, पेटभर्वा निवासी छाेटेलाल साह तेलीकाे छाेरा राजकिशोर साह तेलीले नेपाल प्रहरीमा कार्यरत सई (सहायक निरीक्षक) सरफलाल यादवकाे बारेमा झुठो तथा भ्रामक कुराहरु राखेर चरित्र हत्या गरेको उनका भतीजा बिकी यादव, र भाई राधेश्याम यादवले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन।
राधेश्याम यादवका अनुसार विगतदेखि नै सामाजिक सञ्जाल मार्फत बेइज्जती गर्ने, चरित्र हत्या गर्ने जस्ता प्रवृत्ति साहकाे बढेकाे आराेप छ।
खेतबारीमा सिचाइ गर्नका लागि राखिएको माेटर तथा पाईप अज्ञात चाेरले चाेरी गरेर लगेकाे खण्डमा आफुहरु चाेरलाई गाली गलाैज गर्न खाेज्दा राजकिसाेर साहले आफुहरु प्रति जिल्ला प्रहरी कार्यालयमा निवेदन समेत दिए।
सिचाइका समानहरु चाेरी भएको दिन सई यादवले आफ्नाे कार्यालयमा हुदा पनि त्यसको बारेमा आफवाह फैलाउनु कति काे जायज हाे यसरी कसैकाे चरित्र हत्या गर्नु समाजिक अपराध रहेको यादवले आरेाप लगाए।
बिक्की यादवका अनुसार चाेरी भएको कृषि सामग्रीकाे बिषयलाई लिएर पटक पटक जिल्ला प्रहरी कार्यालयमा गई आफुहरुकाे घरमा प्रहरी पठाउने गर्दै आएको हाे।
मैले राजकिसाेर साहकाे आतंक नसहेर आतुर भई पत्रकार सम्मेलनकाे आयाेजना गरेर आफ्नाे पिडा राख्ने निर्णय लिए त्यस पश्चात् गाउँका वडा अध्यक्ष लगाएतका भद्रभलादमीका अनुसार गाउँमै बसेर छलफल गराउने बाताबरण बनाउन खाेज्याे पटक पटक गाँउमा साहलाई बाेलाउन खाेज्दा आउन मानेनन् त्यसपछि गएर आफै हामी र हाम्रो परिवारका सदस्यहरु बिरुद्ध पत्रकार सम्मेलन गरेर झुठा अफवाह फैलाएकाे आराेप समेत लगाए।
साहले पटक पटक कहिले जातिकाे नारा लगाएर त कहिले राजनीतिकर्मीकाे दम्भ देखाएर गाउँमै मात्र नभई पुरै नगरपालिका भित्रका मानिसहरुमा एक अर्कालाई मतभेद र द्वन्द्व फैलाउने कार्य गर्दै आईरहेकाे स्थानीयहरुले जानकारी दिए।
करिब २ साल पछाडिको अरुकाे झगडालाई लिएर एउटा भिडियो खिचेर समाजिक संजालमा अपलाेड गरेका थियो , त्याे झगडाकाे मिलापत्र भएको कयौं साल बितिसकेको छ, त्यसलाई सार्वजनिक गर्दिन्छु भनेर आफुहरुलाई धम्काउने काम गर्ने गर्छ।
त्यसता व्यक्ति समाजिक किरा हाे त्यसलाई तुरुन्तै कानुनी दायरामा ल्याई अविलम्ब कार्यवाही गर्न सम्बन्धि निकाय संग आग्रह समेत गरेका छन।
यस बिषयमा आराेपित राजकिशाेर साह संग प्रतिक्रिया लिनका लागि सम्पर्क खाेज्दा सम्पर्कमा आउन सकेनन्।