मधेशसमाचार

रौतहटको भंगालोमा नुहाउने क्रममा दुई बालिका बेपत्ता; खोजीकार्य तीव्र

असोज , २० रौतहट

 जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर ६ कर्कच टोल नजिकै खेतको पानी बग्ने भंगालोमा नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका छीन्। दिउँसो भएको यस दुःखद घटनापछि स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले तत्कालै खोजीकार्य सुरु गरेका छन्।

बेपत्ता हुनेहरूमा सोही टोलका रामदयाल रामकी १२ वर्षीया छोरी आरती कुमारी र शिवधारी रामकी ११ वर्षीया छोरी अन्तिमा कुमारी रहेकी छीन्। स्थानीय स्रोतका अनुसार उनीहरू भंगालोमा नुहाइरहेका बेला अचानक पानीको तीव्र बहावमा बगेर बेपत्ता भएका हुन्।

खोजी कार्य जारी, अवस्था अज्ञात

घटनालगत्तै स्थानीयवासीको सहयोगमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले खोजी कार्य सुरु गरेको थियो। यद्यपि, यो समाचार तयार पार्दासम्म उनीहरूको अवस्थाबारे पत्ता लाग्न सकेको छैनन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारीअनुसार बेपत्ता बालिकाहरूको खोजी कार्यलाई थप तीव्र पारिएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले प्रहरी, स्थानीयवासी र गोताखोर टोलीको समन्वयमा खोजी कार्य जारी रहेको बताए।

अभिभावकलाई विशेष आग्रह

यस घटनालाई दृष्टिगत गर्दै डिएसपी कार्कीले आम अभिभावकहरूलाई आफ्ना बालबालिकाहरूलाई खोलानाला, नदी तथा बाढी-पानीको नजिक खेलकुद वा नुहाउन न पठाउनका लागि विशेष आग्रह गरेका छन्। वर्षायाममा जलस्रोतको बहाव अप्रत्याशित रूपमा बढ्न सक्ने हुँदा यस्तो आग्रह गरिएको उनले प्रस्ट पारेका छन्।

बेपत्ता बालिकाहरूको खोजीका लागि सुरक्षाकर्मी र स्थानीयको प्रयास जारी रहेको र थप विवरण आउनासाथ सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालयले जनाए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button