मधेशसमाचार

शिक्षक र कर्मचारी बिच भएको मैत्रीपुर्ण क्रिकेट प्रतियोगितामा कर्मचारी टिमकाे जित

रूपेश यादव

राैतहट ०१ कार्तिक

रौतहटको फतुवा बिजयपुर नगरपालिका अन्तरगतका माबि दुधिअवा स्कुलको शिक्षक र नगरपालिकाका कर्मचारी बिच भएको मैत्रीपुर्ण क्रिकेट प्रतियोगितामा कर्मचारीको टिम विजयी भएको छ । फतुवा बिजयपुर नगरपालिका द्वारा क्रिकेट प्रतियोगिताको अवसरमा आयोजित मैत्रीपूर्ण क्रिकेटमा शिक्षकलाई पराजित गर्दै कर्मचारीको टिम विजेता भएको हो । दुधिअवा खेलमैदानमा सम्पन्न १६ ओभर खेलमा ८२ रनकाे टार्गेट दिएको थियो।बिजयपुर नगरपालिका टस जितेर फिलडिङ्गमा उतरेको मा. बि. दुधिअवाको बयाटिङ्ग जम्मा ८२ रन १६ ओभरको समाप्तिमा फतुवा बिजयपुर नगरपालिका दोस्रो इन्निङ्गमा १२ ओभरमा जित हासिल गरेको खेलमा सबैभन्दा बढी रन स्वास्थ सह संयोजक रमेश प्रसाद यादव ३ छ्क्का १चौका गरि २९ रन बनाउनमा सफल भएको थियो । खेल जित्नमा रमेश यादव र कृषि शाखाका दिपक चौधरीको ठुलो योगदान रहेको थियोे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button