मधेशसमाचार

चर्चित समाजसेवी यादव द्वारा छठ पर्वको अवसरमा वडा नं ४ का व्रतालु महिलाहरूलाई साडी वितरण

रौतहट , ०१ कार्तिक

रौतहटको जिल्लाको सदरमुकाम गौर नगरपालिका वडा नं ४ निवासी युवा एवं चर्चित समाजसेवी नेता मनोज यादवले नजिकिँदै गरेको छठ पर्वको अवसरमा स्थानीय व्रतालु महिलाहरूलाई साडी वितरण गरी आफ्नो सामाजिक सक्रियतालाई थप उचाइमा पुर्‍याएका छन्।

धार्मिक तथा सांस्कृतिक आस्थाको महापर्व छठको तयारी भइरहेका बेला वडा नं ४ का विभिन्न टोलमा रहेका छठ व्रतालु महिलाहरूलाई नेता यादवले आफ्नो व्यक्तिगत लगानीमा साडी वितरण गरेका हुन्। यस किसिमको सहयोगले छठ पर्वलाई व्यवस्थित र उल्लासपूर्ण बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको हो ।

छठ पर्वलाई तराई–मधेशको महान् पर्व मानिन्छ, जसमा सूर्य देवको पूजा आराधना गरिन्छ। नेता यादवले छठ पर्वको धार्मिक र सांस्कृतिक महत्त्वलाई सम्मान गर्दै व्रतालु महिलाहरूलाई वस्त्र सहयोग उपलब्ध गराएको बताए। उनले यस्तो सहयोगले समाजमा धार्मिक सद्भाव र भातृत्वको भावना बढाउने विश्वास व्यक्त गरे।

साडी वितरण कार्यक्रममा वडा नं ४ टोलका महिलाहरूले सहभागिता जनाएका थिइन् । साडी प्राप्त गरेपछि महिलाहरूले नेता यादवको सामाजिक सेवाप्रतिको भावना र सहयोगको उच्च प्रशंसा गरेका छन्। उनीहरूले यस सहयोगले पर्वको तयारीमा ठूलो राहत मिलेको बताए।

समाजसेवी यादवको यो पहलले स्थानीयवासीहरूमा सकारात्मक सन्देश प्रवाह गरेको हो । स्थानीय अगुवाहरूका अनुसार यस किसिमको सहयोगले समुदायमा एकता र सद्भाव बढाउनुका साथै नेता र जनताबीचको सम्बन्धलाई थप मजबुत बनाउँछ।

युवा नेता यादवले विगतका वर्षहरूमा पनि विभिन्न सामाजिक कार्यहरूमा सक्रिय भूमिका खेल्दै आएका छन्। यस वर्ष छठ पर्वको अवसरमा गरिएको यो सहयोग उनको सामाजिक उत्तरदायित्वप्रतिको समर्पणलाई झल्काउँछ। स्थानीय अगुवा तथा बुद्धिजिवीहरूले यस्ता परोपकारी कार्यले अन्य युवाहरूलाई पनि समाज सेवामा लाग्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।

सामाजिक काममा उनको निरन्तरको लगाव र सक्रियताले गर्दा उनी स्थानीय स्तरमा निकै लोकप्रिय बनेका छन्। उनका यस कदमले छठ पर्वलाई थप हर्षोल्लासका साथ मनाउन मद्दत पुग्ने देखिएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button