ईप्रका जितपुरका ईन्चार्ज कार्की र घुमुवा प्रहरी यादवको असुली तिब्र

38

कलैया , ०१ कार्तिक

ईलाका प्रहरी कार्यालय जितपुरका ईन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक जेजंग कार्कीले आफ्ना घुमुवा मार्फत असुली तिब्र पारेका छन्। जसको कारणले ब्यापारीहरु सिमानाकाहरु तस्करी गरी भित्राउने समानहरु जितपुरमा भण्डारण हुने गरेको पाईन्छ।

बरिष्ठ प्रहरी नायब निरीक्षक कार्कीले प्रहरी हवलदार बृजकिशोर यादवलाई सादा पोशाक (घुमुवा)को रुपमा खटाएका छन्। घुमुवा यादव बिगत लामो समयदेखि बाराको प्रहरी युनिटहरुमा घुमुवाको रुपमा कामकाज गरेकोले सिमानाकाहरु तस्करी गर्ने व्यापारीहरुसँग राम्रो साँठगाँठ रहेको बुझिन्छ।

ब्यापारीहरुसँग राम्रो साँठगाँठ भएकोले बरिष्ठ प्रहरी निरीक्षक कार्किले यादवलाई घुमुवाको रुपमा परिचालन गरी बारा र पर्साबाट हुने तस्करीको मालसामान जितपुरमा भण्डारण हुने गरेको श्रोतको दाबी रहेको छ। नेपालको बिभिन्न स्थानमा तस्करीको समानहरु पुर्याउन जितपुरमा भण्डारण हुनाले ब्यापारीहरुलाई सहज हुने गरेको छ।

भारतबाट पर्सा र बारा जिल्लाको विभिन्न नाकाहरु भएर अवैध रुपमा तस्करीको माध्यमबाट ल्याईएका सामग्रीहरु अन्य जिल्लाहरुमा लैजान मुख्य बाटो जितपुर भएर जाने गर्दछ । अवैध रुपमा बाहिर जान लागेको सामग्रीहरुलाई पक्राउ गरी कानुनी कारवाही गर्नु पर्नेमा बरिष्ठ प्रहरी नायब निरीक्षक कार्कीको निर्देशनमा घुमुवा यादवले व्यपारीहरुसँग साँठगाठ गरी मासिक रुपमा नजराना बुझने गरेको समेत स्रोतले जानकारी दिएको छ।

तस्करीको समानहरु भण्डारण बिभिन्न माध्यमबाट नेपाल अन्य स्थानहरुमा सजिलै पुर्याउन सकिने भएकाले घुमुवा यादव तस्करी गर्ने व्यापारीहरु राम्रो असुली गर्ने गरेको श्रोतको दाबी रहेको छ।

घुमुवा यादवले त्यति मात्र नगरी ट्रान्सपोर्टका गाडी, कपडा व्यपारी, बटर व्यपारी, चिनी र कपडाका गोदामका साहुहरु सँग समेत अवैध रकम असुली गर्ने गरेको श्रोतको दाबी रहेको छ।

वीरगंज र कलैयाबाट खुल्ने रात्री बस तथा ट्रान्सपोर्टका गाडीहरुबाट बरिष्ठ प्रहरी नायब निरीक्षक कार्कीको निर्देशनमा घुमुवा प्रहरी हवलदार यादव प्रति ट्रान्सपोर्टबाट १० हजार देखि २० हजार सम्म उठाउने गरेको एक ट्रान्सपोर्ट कम्पनीले जानकारी दिएका छन्। भने जितपुरका कपडा व्यपारी प्रदीपसँग ६० हजार, संतोषसँग २५ हजार, सरोजसँग ५० हजार, अरुणसँग २५ हजार, बटरको काम गर्ने अरमानसँग १० हजार, नितनपुरमा रहेको मुकेशको चिनी र कपडा गोदामबाट ३० हजार लगायत अन्य ब्यापारीहरुसँग हजारौं देखि लाखौंसम्म असुली गर्ने गरेको श्रोतको दाबी रहेको छ।

त्यसैले जिल्ला प्रहरी कार्यालय बारा सहित प्रहरी सँगठनले सिमानाकाबाट गरी खानेलाई दु:ख नदिई ठुलो ब्यापारीहरु सहित राजमार्ग प्रहरी युनिटहरुमा समेत ध्यानाकर्षण हुन आवश्यक रहेको छ।

Leave A Reply

Your email address will not be published.