मधेशसमाचार

बाराको कलैयामा बहुला कुकुरको बिगबिगी: ७२ जना घाइते

बारा , ०४ कार्तिक

बारा जिल्लाको कलैया स्थित दरबार चोक नजिक मँगलबार एक बहुला कुकुरको टोकाइबाट नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष राकेश पाण्डे सहित ७२ जना स्थानीय घाइते भएका छन्।

बहुला कुकुरको आक्रमणबाट घाइते भएका मध्ये ५२ जनाको उपचार प्रादेशिक अस्पताल कलैयामा भइरहेको छ भने बाँकीको नजिकका क्लिनिकहरूमा उपचार भइरहेको छ।

बहुला कुकुरको नियन्त्रण बाहिर रहेको र लगातार मानिसहरूलाई टोक्दै हिँडेको स्थानीयले बताएका छन्। साथै नेपाली कांग्रेस बाराको सचिव राजेश रौनियारले आफ्नो समाजिक सञ्जाल फेसबुकमा कलैयाको पावर हाउस चौक देखि कलैया अस्पताल छेउछाउ सम्म बौलाहा कुकुरको टोकाइबाट ७२ जना भन्दा बढी घाइते भएका पोष्ट गर्दै मेरो मोटरसाइकलको पछाडी बसेका एक जना भाइ समेत घाइते भएका जानकारी दिएका छन्।

भने पत्रकार महासंघ बाराको पुर्ब उपाध्यक्षको अनुसार आफु मोटरसाइकलमा आफ्नो घरबाट भरतचौक तर्फ जाँदै गर्दा कुकुरले लखेटेर टोकेको थियो।

स्थानीय प्रशासनलाई तत्काल बहुला कुकुरलाई नियन्त्रणमा लिई रेबिज लगायतका संक्रमणबाट बच्ने उपायहरू अपनाउन पीडित तथा स्थानीयहरूले माग गरेका छन्।

रेबिजको उच्च जोखिमलाई ध्यानमा राख्दै, टोकाईबाट घाइते भएका सबैलाई अविलम्ब रेबिज विरुद्धको खोप (एआरभी) लगाउन स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन्। स्थानीय निकायहरूले घटनाको गम्भीरतालाई मनन गर्दै कुकुर नियन्त्रण र घाइतेहरूको उपचारमा थप पहल गर्नुपर्ने देखिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button