पत्रकार नै बिचौलिया भएपछि बाराको बिभिन्न सिमानाबाट तस्करी 

50

कलैया, ०७ कार्तिक

नेपालको दोस्रो पर्व दिपावली र तराई मधेसको ठुलो पर्व छठको अवसरमा सबै सर्वसाधारणको ध्यान अन्यत्र भएको माैका छाेपी जिल्ला प्रहरी कार्यालय बाराको सुचना सँकलन शाखाको नेतृत्व केहि पत्रकार नै बिचौलियाले तस्करी फस्टाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराको सुचना सँकलन शाखा ( क्राईम शाखा ) को प्रमुख प्रहरी निरीक्षक खेम नेपालद्वारा केहि पत्रकारलाई बिचौलियाको रुपमा खटाएकोले बाराको सम्पुर्ण नाकाबाट तस्करी फस्टाएको छ। तस्करीको समान नेपाल भित्रिउन पत्रकारको माध्यमबाट नै प्रहरी निरीक्षक नेपालले ग्रिन सिग्नल दिने गरेको प्रमाणित नै भएको छ।

प्रहरी निरीक्षक नेपालको ग्रिन सिग्नलले मुसहर्वा नाकाबाट दिपक दास , सरिता , रोशनी , लालीले ठुलो लाईन पाएका छन्। भने बेल्दारी नाकाबाट तितर नदी हुदै सियाराम कुशवाहा ग्रुपले मरेको माछा सहित फुलको ठुलो लाईन पाएका छन्।

मुसर्हवा नाका र सियाराम कुशवाहा ग्रुपले जिल्ला प्रहरी कार्यालय बारा र सशस्त्र प्रहरी नेपाल १२ नम्बर गणसँग तस्करीको लाईन मिलाउन जिल्लाको ठुलो मेडियामा काम गर्ने पत्रकार नै सक्रिय रहेको श्रोतले दाबी रहेको छ।

उक्त पत्रकारले सशस्त्र प्रहरी १२ नम्बर गणको गणपति खुम बहादुर केसी र जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी उपरीक्षक सन्तोष तामाङको मार्फत तस्करी मिलाउने गरेको श्रोतको दाबी रहेको छ। उक्त पत्रकारले सियाराम कुशवाहा लगायत मुसर्हवा नाकाबाट तस्करी गर्ने तस्करहरुले जिल्लको अन्य पत्रकारहरुलाई ईन्भटरको ब्याट्री लगायत नगद समेत प्रदान गरेको रहस्य बाहिर आएको छ।

सियाराम‌ कुशवाहा लगायत उनको टिममा सुरेन्द्र , अजय , दिनेश समेतको समूहले बेल्दारी नाकाबाट ठूलो मात्रामा मरेको माछा सहित फुलको तस्करीको लाइन पाएका छन् ।

कुशवाहा टिमले केही दिन अघि राैतहटकाे बंकुल नाकाबाट तस्करीको लाइन चलाएकाेमा यस दैनिकले समाचार प्रकाशन गरेपछि पत्रकारको सहायतामा बारा बेल्दारी नाकाबाट बनाैलीका तियर नदी हुदै तस्करी गर्न थालेका श्रोतको दाबी रहेको छ।

उक्त नाकाबाट तस्करी गर्न सिमावर्ती क्षेत्रमा हुने चाेरी तस्करी नियन्त्रणका लागि राज्यले सशस्त्र प्रहरीलाई प्रमुख जिम्मेवारी दिएको छ । बेल्दारी स्थित सशस्त्र प्रहरी बलकाे बिओपी प्रमुखमा नारायण प्रसाद विश्वकर्मा प्रहरी निरीक्षककाे रूपमा कार्यरत छन् । त्यसैगरी बनाैलीमा सशस्त्र प्रहरी बलकाे वेशमा सईकाे नेतृत्वमा सशस्त्र प्रहरी खटिएको छ । त्यसैगरी नेपाल प्रहरीकाे तर्फबाट पनि यी ठाउँमा चाैकी रहेका छन् । तरपनि यहाँबाट तस्करी निर्बाध रुपमा सँचालनमा रहेको छ।

यस बिषयमा सियाराम कुशवाहासँग कुरा तपाईको भाग एक जना पत्रकारलाई दिएकोले लिनु अनि अरु शनिवार उपल्ब्ध गराउने बताएका छन्।

यसरी तस्करी गर्ने सियाराम कुशवाहाले प्रष्ट रुपमा केहि रकम एक जना पत्रकार उपल्ब्ध गराउनुका तस्करीको लाईन पाएकोमा प्रष्ट भएकोले सम्बन्धित निकायको ध्यानाकर्षण हुन आवश्यक देखिन्छ।

Leave A Reply

Your email address will not be published.