मधेशसमाचार

तिवारी मिडिया प्रा.लीद्वारा अति बिपन्न छठ ब्रतालुहरुलाई साडी बितरण

कलैया, ०७ कार्तिक

बारा जिल्लाको स्थित तिवारी मिडिया प्राईभेट लिमिटेडद्वारा सँचालित उज्यालो न्यूज डटकम तथा बारा संचार साप्ताहिकका संचालक एवम् प्रेस चौतारी बाराका सहसचिव तथा नेपाल पत्रकार महासंघ बारा जिल्ला कार्यसमिति सदस्य धिरेन्द्र तिवारीद्वारा अति बिपन्न छठ ब्रतालुहरुलाई बिहिबार साडी बितरण गरेका छन् ।

तिवारीले आफ्नो ब्यक्तिगत खर्चबाट आनो जन्म स्थान महागढिमाई नगरपालिका वडा नम्बर २ ईनार्वा टोलमा ५८ जना अति गरिव बिपन्न दलित एकल महिला लगायत छठ गर्ने बर्तालुहरुलाई बिहिबार साडी बितरण गरेका छन्।

गाडी बितरण गर्ने क्रममा तिवारीले तराई मधेसको ठुलो पर्वको रुपमा रहेको छठ पर्व अति बिपन्न सहित दलितहरुले समेत गर्ने भएकोले चार दिनसम्म मनाउने पर्वमा आफुले सँचालन गरेको मिडिया हाउसबाट सहयोग गरेको बताएका छन्। यो मेडिया हाउसको सहयोगले छठ ब्रतालुहरुमा ठुलो सहयोग हुने अपेक्षा समेत लिईएको तिवारीले बताएका छन्।

उक्त कार्यक्रममा उक्त वडाको वडा अध्यक्ष विश्वनाथ कुशवहा , समाजसेवी किशोरी तिवारी , जितेन्द्र तिवारी जादोलाल यादव , जियालाल यादव , धुपेन्द्र तिवारी संचारकर्मी अनिल पाण्डे, प्रहरी चौकी बरियारपुरका ईन्चार्ज सिकेन्द्र प्रसाद कानु लगायत स्थानीय भद्रभलादमीहरुको उल्लेखनीय उपस्थिति रहेकोे थियोे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button