मधेशसमाचार

फेटा शिक्षक काज सरुवामा लाखौको चलखेल, अख्तियार दुरुपयोग अनुसन्धानको पत्रलाई समेत धोती लगाइयो

बारा, १८ कात्तिक

बारा जिल्लामै सबै भन्दा भ्रष्ट मानिएको पालिका मध्ये एक फेटा गाउँपालिकाले शिक्षक काज सरुवाको नाममा समेत लाखौको भ्रष्टाचार गरेको प्रमाण फेला परेको छ । शिक्षा क्षेत्रमा राजनीति हस्तक्षेप गर्दै लाखौको रकम घुस खाने मेयर रुस्तम अंसारीको बिषय अहिले चर्चाको बिषय बन्न पुगेको छ । घुस खान कुनै सरकारी कार्यालय, कुनै नियम कानुन चाहिएको छैन, घुस पाए मनोमानी तरिकाले शिक्षक काज सरुवा गर्न पाइने भन्ने बिषय अहिले फेटा गाउँपालिका काण्डले चर्चा पाएको हो ।

एक जना शिक्षक श्रोतका अनुसार शिक्षा क्षेत्र दिन प्रति दिन खस्कीदै जानुमा भ्रष्ट मेयरको ठुलो हात रहेको बताएका छन । उनका अनुसार फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अंसारीले निर्वाचित भए दिनदेखि नै शिक्षा क्षेत्रलाई कमाई खाने भाडो बनाएको बताए । बालबालिकाको खाजादेखी लिएर शिक्षक काज सरुवाको नाममा लाखौको भ्रष्टाचार गर्दै आएको आरोप लगाए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा परेको उजुरीलाई समेत अनादर गर्दै आफुलाई स्थानीय राजा ठान्दै मनोमानी तरिकाले काज सरुवा गरिएको श्रोतले दावी गरे । श्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालले शिक्षा विकास तथा समन्वय इकाई कलैयालाई दिएको पत्रको अधारमा फेटा गाउपालिका, गाउँ कार्यपालिकाको कार्यालयलाई पत्र समेत पठाएको यस दैनिकले प्रमाण फेला पारेको छ ।

शिक्षा विकास तथा समन्वय इकाई कलैयाले सोधेको प्रश्न मिलान नभएको कारण काज सरुवामा समेत रोक लगाएतापनि मेयर रुस्तम अंसारीले केही कार्यन्वयन नगरेको र सोधिएको प्रश्नको जवाफ नै नदिई अटेरी गर्दै मनोमानी पाराले काज सरुवा गरेको पाइएको छ । फेटा गाउँपालिकामा पाच जना शिक्षक र कर्मचारीलाई आर्थिकको लोभमा काज सरुवा गरिएको व्यहोरा खुलेको छ ।

श्रोतले जनाए अनुसार फेटा गाउँपालिका वडा नम्बर ३ स्थित नेपाल राष्ट्रिय माध्यमिक विधालयबाट प्रधानाध्यापक पप्पु कुमार सिंहलाई वडा नम्बर ७ स्थित नेपाल राष्ट्रिय माध्यमिक विधालयमा काज सरुवा र सोही विधालयका प्रधानाध्यापक पानालाल बैठालाई वडा नम्बर ४ स्थित रहेको श्री अंचित माध्यमिक बिधालय बतरामा काज सरुवा गरेको बताए । त्यति मात्र नभई फेटा गाउभपालिका वडा नम्बर ४ स्थित रहेको अंचित माध्यमिक बिधालयको प्रधानाध्यापक अनिल कुमार गुप्तालाई सोही पालिकाको वडा नम्बर ३ स्थित रहेको नेपाल राष्ट्रिय माध्यमिक विधालयमा काज सरुवा गरेको र सोही विधालयको लेखापाल नवलकिसोर प्रसाद यादवलाई वडा नम्बर ४ स्थित अंचित माध्यमिक बिधालयमा काज सरुवा गरेको श्रोतले दावी गरे ।

फेटा गाउँपालिका वडा नम्बर ४ बतरा स्थित रहेको अंचित माध्यमिक बिधालयको लेखापाल परमहंस प्रसाद यादवलाई श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय फेटामा काज सरुवा गरिएको श्रोतले जनाएको छ । काज सरुवाको नाममा लाखौ रुपैया आम्दानी गर्न सफल भएका मेयर अंसारीले शिक्षा क्षेत्रलाई कमाई खाने थल्लोको रुपमा रुपापन्तरण गरेको शिक्षा विकास तथा समन्वय इकाई कलैयाको पत्रबाट सर्वविधितै छ ।

स्थानीय तहको निर्वाचनमा प्रमुख एजेन्डाको रुपमा बन्दै आएको शिक्षा क्षेत्र विकास भन्दा विनाशतर्फ धक्लीदै गएको यस घटनाले प्रष्ट पार्दछ । स्थानीय तहको निर्वाचनको समयमा शिक्षा क्षेत्रको बिषयलाई लिएर जनतालाई ठुलो ठुलो सपना देखाएका मेयर अंसारीले आर्थिकको अगाडी घुणा टेकेको समेत यस घटना पुष्टि गर्दछ । तसर्थः यस बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको यसतर्फ ध्यान पुग्न अति अवाश्यक रहेको देखिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button