दुधिआवामा विद्यालय भवन उद्घाटन सम्पन्न 

27

रूपेश यादव 

राैतहट , १९ कार्तिक

रौतहटको फतुवा बिजयपुर नगरपालिका -१०दुधिआवा स्थित श्री माध्यमिक विद्यालय दुधिआवाको नमूना नवनिर्मित भवनको बुधबार उद्घाटन भएको छ । शिक्षा मन्त्रालयको नमूना कार्यक्रम अन्तर्गत ३ करोड ७० लाखको लागतमा नवनिर्मित तीन तल्ले १२ कोठे सुबिधा सम्पन्न भवनको उद्घाटन भएको हो ।

विद्यालयको प्रधानाध्यापक रबिन्द्र प्रसाद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फतुवा बिजयपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख अम्बेया खातुन र प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवले संयुक्त रुपमा नवनिर्मित विद्यालय भवन उद्घाटन गर्नुभएको दुधिआवा क्याम्पस प्रमुख रन्जन खरेलले बताए ।

यस बिधालयमा भवनकाे अभाव भएकोले पठनपाठनमा समस्या हुदै आएको हुदा अब नयाँ बिधालय भवन भए संगै अब थप सहज हुने बुझिएको हाे।

सो अवसरमा कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले बिधालयमा शिक्षक अभाव रहेकोले छिटोभन्दा छिटो ब्यवस्थापन गरिने र आफू बाट हुने सहयोग गर्ने प्रतिबद्धता जनाइन् । कार्यक्रममा शिक्षा शाखा प्रमुख सुधीर कुशवाहा, इन्जिनियर महम्मद फिरोज , योजना प्रमुख रामाशंकर यादव ,पालिका भित्रका सम्पुर्ण प्रधानाध्यापकहरु स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी ,अभिभावक,  बुद्धिजीवी, शिक्षाप्रेमी, समाजसेवीको लगाएतका ब्यक्तिहरुकाे उल्लेखनीय उपस्थिति रहेकोे थियो ।

Leave A Reply

Your email address will not be published.