मधेशसमाचार

केन्द्रिय कारागारबाट फरार ‘Gen-Z’ आन्दोलनकारी कैदी पर्साबाट पक्राउ

पर्सा, २४ कार्तिक 

पर्सा प्रहरीले ‘Generation-Z’ आन्दोलनका क्रममा केन्द्रिय कारागार जगन्नाथदेवल, काठमाडौंबाट फरार भएका एक कैदीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साको सूचना संकलन तथा विश्लेषण शाखाबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा वीरगंज महानगरपालिका–८ बस्ने ३७ वर्षीय दिपक कुमार महरालाई पक्राउ गरेको हो।

महरा सम्मानित पर्सा जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय तोकिएका थिए। उनी २०८२ साउन २४ गते Gen-Z आन्दोलनका बेला कारागारबाट फरार भएका थिए।

प्रहरीका अनुसार, फरार भएपछि महरा आफ्नै गाउँमा लुकीछिपी बस्दै आएका थिए। उनलाई शनिबार साँझ १६:०० बजे वीरगंज क्षेत्रबाट पक्राउ गरी कारागार कार्यालय वीरगंजमा पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा डिएसपी हरि बहादुर बस्नेतले फरार कैदीको पक्राउबारे जानकारी दिँदै भने, “फरार अपराधीलाई कानुनी दायरामा ल्याउन प्रहरी निरन्तर सक्रिय छ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button