मधेशसमाचार

सात दलद्वारा प्रदेश प्रमुखसँग भेट, सभामुखको अमर्यादित व्यवहारबारे चिन्ता

मेवालाल यादव

मधेश प्रदेश— नेकपा एमाले बाहेकका सात दलका शीर्ष नेताहरूले मधेश प्रदेशका प्रदेश प्रमुख प्रा. डा. सुरेन्द्र लाभसँग शिष्टाचार भेटघाट गरी प्रदेशसभामा उत्पन्न पछिल्लो राजनीतिक तनावबारे जानकारी गराएका छन्।

प्रस्ताव दर्ता प्रक्रियाका क्रममा सभामुख रामचन्द्र मण्डलद्वारा पदअनुकूल नहुने अमर्यादित व्यवहार तथा हातपात भएको घटनाले प्रदेशसभाको गरिमा र लोकतान्त्रिक अभ्यासमा ठोस चोट पुगेको नेताहरूको भनाइ रहेको छ ।

नेताहरूले प्रदेश सभा कार्य सञ्चालन नियमावली–२०७५ अनुसार सभालाई सहज, मर्यादित र अवरोधमुक्त बनाइदिन प्रदेश प्रमुखमार्फत आवश्यक पहलका लागि आग्रह गरेका छन ।

भेटमा निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनल, जसपा नेपाल संसदीय दलका नेता सरोज कुमार यादव, नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव, जनमतका महेश प्रसाद यादव, माओवादीका युवराज भट्टराई, लोसपाका जयनुल राइन र एकीकृत समाजवादीका गोविन्द न्यौपानेको सहभागिता रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button