कलैयामा एमालेद्वारा आयोजित वृहत जनसभा सम्पन्न, जनसागर उर्लियो

55

कलैया , २९ कार्तिक

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाराद्वारा आज आयोजित वृहत जनसभा भव्य र उत्साहजनक रूपमा सम्पन्न भएको छ। पार्टीको केन्द्रिय निर्देशअनुसार देशभरका जिल्ला सदरमुकामहरूमा चलाइएका जनप्रदर्शन र जनभेलाको सिलसिलामा कलैयामा पनि विशाल जनसमूहको सहभागिता देखिएको थियो।

कलैयाको मुख्य बजार क्षेत्रबाट सुरु भएको जनप्रदर्शन सहरका विभिन्न मार्ग परिक्रमा गर्दै खुला सभास्थलमा परिणत भयो। जनउपस्थिति उल्लेखनीय रहेकाले कार्यक्रम स्थल आसपासमा जनसागर नै उम्लिएको दृश्य देखिन्थ्यो।

सभामा एमालेका विभिन्न तहका नेताहरूको विशेष उपस्थिति रहेको थियो। ज्वाला साह, पुरुषोत्तम पौडेल, अच्युत मैनाली, बलबिर चौधरी, किसान श्रेष्ठ, एकबाल मिया, मन्जु थापा मगर, सरस्वती चौधरी, सीता सुवेदी, मोहम्मद समीरलगायतका नेताहरू सभामा सहभागी भएको एमाले बारा सचिव अमृत शर्मा बजगाँइले जानकारी गराए।

नेताहरूले कार्यक्रममा देशको राजनीतिक अवस्था, मधेस–तराईका विकासका मुद्दा, संघीयता कार्यान्वयन, सुशासन, भ्रष्टाचार नियन्त्रण, मूल्यवृद्धि नियन्त्रण लगायत विषयमा आ–आफ्ना धारणा राखे। उनीहरूले एमालेको देशव्यापी जनसभा अभियानलाई जनताबाट व्यापक साथ मिलिरहेको दाबी पनि गरे।

कार्यक्रम शान्तिपूर्ण र अनुशासनपूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ। बारामा आयोजित आजको जनभेला देशभर चलिरहेको एमालेलाई जनताको सङ्गठित ऊर्जा र समर्थनको प्रतीकका रूपमा लिइएको छ।

Leave A Reply

Your email address will not be published.