प्रसौनी–५ मा तास्केश्वर नाथ जीनाथ बाबा मन्दिर परिसर तथा प्रष्टोका बजार क्षेत्रमा सरसफाइ अभियान सम्पन्न

12

बारा, ०१ मँसिर

तास्केश्वर नाथ जीनाथ बाबा मन्दिर परिसर र प्रष्टोका बजार क्षेत्रमा आइतबार व्यापक सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। “आफ्नो ठाउँ आफैं सफा राखौं” भन्ने नारासहित सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत मेलाको अघिल्लो दिन गरिएको यस अभियानमा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो।

जिननाथ बाबा सहकारी संस्था, स्थानीय समाजसेवी, युवा, बुद्धिजीवी तथा पत्रकारहरूको सक्रिय उपस्थितिमा बजार क्षेत्रदेखि मन्दिर परिसरसम्मको फोहर व्यवस्थापन र सरसफाइ गरिएको नेपाली कांग्रेस बारा क्षेत्र नं. ४(ख) का सभापति लोकेश सिंहले जानकारी दिए।

आगामी मंसिर १ र २ गते मन्दिर परिसरमा आयोजित वार्षिक दुईदिने मेलालाई सभ्य, भव्य र व्यवस्थित बनाउन सरसफाइ अभियानले महत्वपूर्ण भूमिका खेल्ने आयोजकहरूको भनाइ छ।

सहकार्य र सहभागिताप्रति सन्तुष्टि जनाउँदै स्थानीयवासीहरूले सरसफाइ अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरेका छन्।

Leave A Reply

Your email address will not be published.