मधेशसमाचार

फेटामा नि:शुल्क आँखा शिविर तीन दिन थप : युवा नेता दुबे

बारा, ०१ मंसिर

फेटा गाउपालिकाको विभिन्न टोल–टोलमा सञ्चालन भइरहेको नि:शुल्क आँखा शिविर तीन दिन थप गरिने भएको छ। युवा नेता उमेश दुबेका अनुसार स्थानीयको बढ्दो भीड र आवश्यकता अनुसार शिविरको अवधि विस्तार गर्न लागिएको हो।

बीरगंज सामुदायिक अस्पताल केन्द्रको सहकार्यमा सञ्चालन भइरहेको यस आँखा शिविरमार्फत हालसम्म मोतियाबिन्दु रहेका २५० भन्दा बढी बिरामीको सफल शल्यक्रिया भइसकेको छ। दुबेका अनुसार बाँकी रहेका ३ वडामा भने मंगलबारदेखि शिविर सञ्चालन हुने छ।

आयोजक पक्षका अनुसार आँखा उपचार पहुँच नपाएका नागरिकलाई लक्षित गरी ‘आँखा सबैको अधिकार’ अभियानअन्तर्गत यो कार्यक्रम निरन्तर जारी राखिएको छ । फेटा गाउपालिका वडा नम्बर ६ पुरैनिया टोलमा मङ्गलबार बिहान ७ बजेदेखी नि: शुल्क आँखा शिविर सन्चालन हुने जानकारी दिदै मोतियाबिन्दु भएका तथा आँखा सम्बन्धि कुनै समस्या भए आँखा चेकजाच गराउनु हुन युवा नेता उमेश दुबेले आग्रह गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button