मधेशसमाचार

नापी कार्यालय बिरगंजका सर्भेक्षकसहित दुई जना घुससहित पक्राउ

नापी कार्यालय बिरगंजका सर्भेक्षकसहित दुई जना घुससहित पक्राउ

बिरगंज, ०२ मंसिर

नापी कार्यालय बिरगंजमा कार्यरत सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्याय एक लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीद्वारा पक्राउ परेका छन्।

छुट्टै जग्गा दर्ता गरिदिने बहानामा सेवाग्राहीसँग लगातार घुस रकम माग भइरहेको भन्ने उजुरी प्राप्त भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले आदर्शनगरस्थित पानी ट्याङ्की नजिक रहेको नापी कार्यालय पर्सा १, २, ३ नं. नापी टोलीको कार्यालयमा निगरानी राख्दै दुवै जनालाई रंगेहात समातेको हो।

आयोगका अनुसार पक्राउ परेकाहरूले सेवाग्राहीबाट मागअनुसारको रकम भुक्तान भएको समयमा रु. १,००,००० (एक लाख रुपैयाँ) घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो।

उनीहरूलाई मिति २०८२।०८।०२ गते नै नियन्त्रणमा लिएर आवश्यक बयान तथा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button