मधेशसमाचार

शनिवारको सदुपयोग गर्दै ग्रामिण पत्रकारिता, सिम्रौनगढमा आन्तरिक पर्यटन प्रवर्द्धन

कलैया , ०६ मंसिर

शनिवारको अवसरलाई सदुपयोग गर्दै ग्रामिण रिपोर्टिङ्ग तथा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पत्रकारहरू सिम्रौनगढ पुगेका छन्। कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य सिकिन्द्र पासवान, सँजय तिवारी, यस दैनिकका प्रकाशक अनिल पाण्डेय र राजु चौरसिया सहभागी थिए।

ग्रामिण पर्यटनस्थलहरूको अवलोकन गर्दै पत्रकारहरूले स्थानीय संस्कृति, पर्यटन सम्भाव्यता र पर्यटन प्रवर्द्धनका उपायबारे प्रत्यक्ष अनुभव संकलन गरेका थिए। यस क्रममा सिम्रौनगढ क्षेत्रका पर्यटकीय स्थल, ऐतिहासिक महत्वका स्थान र स्थानीय बजारहरूको समीक्षा गरिएको थियो।

कार्यक्रमको उद्देश्य आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्दै स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने रहेको आयोजकहरूले बताएका छन्। सहभागी पत्रकारहरूले ग्रामिण क्षेत्रको समाचार र फोटो रिपोर्टिङ्गका माध्यमबाट देशभरका पाठकमा यस क्षेत्रको आकर्षण र सम्भाव्यता पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

स्थानीय पर्यटन व्यवसायीहरू पनि पत्रकारहरूको भ्रमणबाट सिम्रौनगढको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button