मधेशसमाचार

चिसो बढेसँगै परवानीपुर र सिम्रौनगढका विद्यालयमा विदा

कलैया, ०७ पौष

बाक्लो हुस्सु र शीतलहर बढेपछि परवानीपुर गाउँपालिका र सिम्रौनगढ नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा विदा दिएको छ।

सिम्रौनगढ नगरपालिका अन्तर्गतका सामुदायिक र संस्थागत विद्यालयमा पौष ७ र ८ गतेका लागि सार्वजनिक विदा दिइएको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत बिरबहादुर साह लहराको हस्ताक्षरमा आइतबार जारी सूचनामा चिसोको कारण विद्यार्थीको स्वास्थ्यमा पर्ने प्रतिकूल प्रभावलाई ध्यानमा राखेर विदा दिइएको जनाइएको छ।

त्यस्तै, परवानीपुर गाउँपालिका अन्तर्गतका सामुदायिक र संस्थागत विद्यालयमा पौष ७ देखि ११ गतेसम्म विदा दिइएको छ। प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले जारी गरेको सूचनामा उल्लेख छ कि बाक्लो हुस्सु र शीतलहर बढेकाले विद्यार्थीको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न विदा दिइएको हो।

विदा वर्षे बिदाबाट कट्टा नहुने गरी व्यवस्थापन गरिएको सूचनामा जनाइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button