जिल्ला प्रशासन कार्यालय बारामा स्तनपान कक्ष सञ्चालन, शिव शक्ति ग्रुपद्वारा हस्तान्तरण

15
कलैया, ०७ पौष
बाराको जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने महिला सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै श्री शिव शक्ति ध्यु उद्योग प्रा.लि.ले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्तनपान कक्ष निर्माण गरी हस्तान्तरण गरेको छ।
उद्योगका अध्यक्ष तथा संविधानसभा सदस्य राजकुमार अग्रवालले आज आयोजित एक संक्षिप्त कार्यक्रमका बीच उक्त स्तनपान कक्ष जिल्ला प्रशासन कार्यालय बारालाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले कार्यालयमा सेवा लिन आउँदा शिशु बोकेर आउने महिलाहरूलाई स्तनपान गराउन कठिनाइ हुँदै आएको उल्लेख गर्दै, अब कार्यालय परिसरभित्रै स्तनपान कक्ष सञ्चालनमा आएसँगै महिला सेवाग्राहीलाई ठूलो सहजता मिल्ने बताए।
उनका अनुसार महिला र शिशु मैत्री सेवा प्रवाहको अवधारणालाई आत्मसात् गर्दै जिल्ला प्रशासन कार्यालयको भवनभित्रै स्तनपान कक्ष स्थापना गरिएको हो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुवर, राष्ट्रिय अनुसन्धान कार्यालयका उप–निर्देशक सरोज निरौला, कार्यालयका कर्मचारीहरू तथा सेवाग्राहीहरूको उपस्थिति रहेको थियो।
स्थानीय निजी क्षेत्रको सहकार्यमा सार्वजनिक निकायभित्र यस प्रकारको सुविधा थपिनु सकारात्मक कदम भएको सहभागीहरूले बताएका छन्।
Leave A Reply

Your email address will not be published.