मधेशसमाचार

पर्सामा निःशुल्क परिवार नियोजन घुम्ती शिविरबाट ५५ जनाले सुरक्षित बन्ध्याकरण सेवा लिए

राजन कुमार बानिया

पर्सा, ०८पौष

स्वास्थ्य कार्यालय पर्सा र सुनौलो परिवारको संयुक्त आयोजनामा सञ्चालन भइरहेको निःशुल्क परिवार नियोजन घुम्ती शिविरबाट पर्साको धोबिनी गाउँपालिका वडा नं. ४ लंगडीस्थित स्वास्थ्य चौकीमा ५५ जनाले सुरक्षित बन्ध्याकरण सेवा लिएका छन्।

परिवार नियोजन प्रमुख अनिल मिश्राका अनुसार निःशुल्क घुम्ती शिविरको पहिलो दिन वीरगंज महानगरपालिकाको लालपर्सा स्वास्थ्य चौकीमा १६१ जना, दोस्रो दिन पकहामैनपुर स्वास्थ्य चौकीमा ५९ जना, तेस्रो दिन छिपहरमाई स्वास्थ्य चौकी (सम्भौता) मा ६० जना र धोबिनी स्वास्थ्य चौकीमा सेवा लिनेहरू जोड्दा हालसम्म कुल ३३५ जना महिलाले सुरक्षित बन्ध्याकरण सेवा लिएका छन्।

प्रमुख मिश्राले जानकारी दिँदै धोबिनी गाउँपालिकापछि घुम्ती टोली बहुदरमाई नगरपालिकाको विश्रामपुर स्वास्थ्य चौकीतर्फ जाने तयारी रहेको बताए। उहाँका अनुसार सन्तानको चाहना पूरा भएका दम्पतीहरूका लागि बृहद् परिवार नियोजन घुम्ती शिविरमार्फत सुरक्षित बन्ध्याकरण सेवा (मिनिल्याप र भ्यासेक्टोमी) प्रदान भइरहेको छ।

त्यसका साथै लामो अवधिका परिवार नियोजन साधनहरू आईयुसिडी र इम्प्लान्ट समेत निःशुल्क रूपमा उपलब्ध गराइँदै आएको छ। इच्छुक दम्पतीहरूले समयमै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी निःशुल्क सेवा लिन सक्ने स्वास्थ्य कार्यालय पर्साले जनाएको छ।

स्वास्थ्य कार्यालयका अनुसार यस्ता शिविरहरूले सुरक्षित मातृत्व प्रवर्द्धन, जनसंख्या व्यवस्थापन तथा परिवारको आर्थिक–सामाजिक सुदृढीकरणमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button