मधेशसमाचार

जसपा नेपालद्वारा बारा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस

बारा , ०८ पौष

जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) बारा निर्वाचन क्षेत्र नम्बर–२ समितिको आज बसेको बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।

बैठकको निर्णयअनुसार जसपा नेपाल बारा निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदका लागि तपसिल बमोजिम ८ जनाको नाम सिफारिस गरिएको छ। सिफारिस हुने उम्मेदवारहरूमा जसपा नेपालका राष्ट्रिय अध्यक्ष माननीय उपेन्द्र यादव, जसपा नेपालको केन्द्रीय सदस्य रामकिशोर यादव ,विद्यार्थी संघका राष्ट्रिय उपाध्यक्ष शत्रुधन यादव , पूर्व अर्थ राज्यमन्त्री उषा कुमारी यादव , पूर्व वन विभागका महानिर्देशक राजदेव प्रसाद यादव , समाजवादी युवा संघ नेपाल बाराको जिल्ला अध्यक्ष दीपेन्द्र यादव , पचरौता नगरपालिकाको नगर अध्यक्ष कुशेश्वर साह रौनियार र जसपा नेपाल बाराको जिल्ला सदस्य अंगद सहनी रहेका छन्।

यसैगरी, जनता समाजवादी पार्टी नेपाल बारा निर्वाचन क्षेत्र नम्बर–१ बाट पनि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तीन जना उम्मेदवारको नाम सिफारिस गरिएको छ। क्षेत्र नम्बर–१ बाट सिफारिस हुनेमा अधिवक्ता रामबाबु प्रसाद यादव, ओम यादव (मनीष) र म. मुर्तुजा अन्सारी रहेका छन्।

त्यस्तै, बारा निर्वाचन क्षेत्र नम्बर–३ को क्षेत्रीय बैठक यही मिति १२ गते हुने तय भएको छ भने निर्वाचन क्षेत्र नम्बर–४ को बैठक पनि चाँडै आयोजना गरिने तयारी भइरहेको छ। क्षेत्र नम्बर–३ का क्षेत्रीय सभापति कमलेश मण्डलले बाँकी क्षेत्रहरूमा पनि छलफलपछि उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाइने जानकारी दिएका छन्।

जसपा नेपालले बारा जिल्लामा संगठनात्मक छलफललाई तीव्रता दिँदै सबै निर्वाचन क्षेत्रमा बलिया, योग्य र जनआधार भएका उम्मेदवार अघि सार्ने तयारी गरेको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button